युवालाई प्रेरित गर्न भेट्रान्स फुटबल



बगर भाइखलकले छैटौं सस्करणको एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता यही पुस ६ गतेदेखि गर्ने तयारी गरेको छ। ४० देखि ६५ वर्ष उमेरको प्रतियोगितामा गत वर्ष चर्चित कलाकार धिरेन शाक्यको टोलीले उपाधि जितेको थियो। यस वर्ष पनि शाक्यको टोली पोखरामा आउने पक्का भइसकेको छ। त्यस्तै नेपालको चर्चित पुरानो क्लब आरसीटीले पनि पोखरामा आउन टिम दर्ता गरिसकेको छ।

प्रतियोगितालाई भर्खरै यूकेमा गठित बगरभाइखलक यूके शाखाले दुई लाख रुपियाँ प्रायोजनको रुपमा सहयोग दिएको छ। एसओएस ग्रुपले प्रायोजन गरेको प्रतियोगिता उसैको नामबाट सञ्चालन गरिनेछ। बगरभाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने– युवापु पाकाहरुको प्रतियोगिताले युवापुस्तालाई ऊर्जा मिल्ने प्रतियोगितालाई निरन्तरतता दिएको हौं। खेलिरहेको खेलाडीलाई पनि उमेरले नेटको काटेपछि निरन्तर खेलकुदमा राखिराख्न पनि प्रतियोगिताको अत्यावश्यक छ।

बगर भाइखलकले २०६८ सालदेखि प्रतियोगिता शुरुआत गरेको हो। अहिले विभिन्न जिल्लामा विभिन्न उमेर समूहको प्रतिस्पर्धा हुँदै आएको छ। छैटौं संस्करणमा पुरस्कारको राशीलाई समेत बढाई अझ प्रतिस्पर्धात्मक बनाउने उद्देश्य आयोजकले लिएको छ। पहिलो हुनेले नगद ७५ हजार तथा उपविजेताले ५० हजार रुपियाँ पाउनेछन्। सर्वाधिक गोलकर्ता तथा फाइनल खेलको म्यान अफ दि म्याचले समान नगद ५ हजार रुपियाँसहित ट्रफी पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्