ग्रिनल्यान्डलाई जुनियरब्वाइजको उपाधि



नेपाल समाचारपत्र
काठमाडौं

ग्रिनल्यान्ड दोस्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ। शुक्रबार भएको फाइनल खेलमा ग्रिनल्यान्डले नेरिकलाई २७–१८ बास्केटले पराजित गर्दै उपाधि उचालेको हो। विजयी टोलीका लागि सौरभ राईले १४ अंक जोडे।

यस्तै तेस्रो स्थानका लागि भएको खेलमा अजय घलेको एकल ३२ अंकको सहायताले पिपल्स एकेडेमीले आयोजक लालिगुराँस एकेडेमीलाई ३२–२३ अंकले पराजित गर्यो। प्रतियोगितामा ग्रिनल्यान्डका दीपेश खड्का उत्कृष्ट खेलाडी घोषित भए। यस्तै फेयर प्लेको उपाधि ज्ञानसिन्धुले प्राप्त गर्यो।

प्रतिक्रिया दिनुहोस्