माननीय जंगिएपछि



संघीयता को र कसका लागि भन्ने बहस चलिरहेका बेला एमाले मुख्यालयमा भएको एउटा घटनाले धरहरालाई समेत थप गम्भीर बनाएको छ। बझाङको काडा गाविसलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै गएका स्थानीयलाई माननीयले नै हातपात गर्न खोजेपछि ती माननीयको चरित्र देखेर धरहरालाई दया पनि लागेको छ। नेपालकै सबैभन्दा ठूलो गाविस रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिका र केन्द्र बनाउन माग गर्ने जनतामाथि ती माननीयले गरेको व्यवहारलाई धरहराले जंगलीको संज्ञा दिएको छ। माननीय भनेको त जनताको पिर मर्का सुन्नुपर्ने व्यक्ति हुनुपर्नेमा उल्टै हुलहुज्जत गर्नुले मानीयको मर्यादामा समेत प्रश्नचि≈न खडा गरिदिएको छ भने जनताले पनि उनको चरित्रको बारेमा थाहा पाउने मौका पाएका छन्।

हैन माननीयले त जनताको माग सम्बोधन गर्छु पो भन्ने हो त? जनतामाथि नै आक्रमण गर्नु भएन नि। माननीय लालबहादुर रावलको जनतालाई गरेको व्यवहारबाट भने धरहरा पनि वाक्क दिक्क भएको छ। जनतालाई त सम्झाउने पो हो त त्यसरी आक्रमण गर्नु कि कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्