स्वदेशी सामानको उपभोगमा जोड



काठमाडौं, (नेस)

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अब नयाँ उद्योग खोल्न ३० घण्टाभन्दा बढी समय नलाग्ने बताउनुभएको छ। शुक्रबार राष्ट्रिय व्यापार संघको १२औं वाषिक साधारण सभा उद्घाटन गर्दै उहाँले छोटो अवधिमै नयाँ उद्योगको दर्ता प्रक्रिया पूरा हुने बताउनुभएको हो।

मन्त्री जोशीले नयाँ उद्योग स्थापना गर्न र बन्द रहेका उद्योग खोल्न सरकारले सहजीकरणको वातावरण बनाउन तयार रहेको बताउँदै अबका १० वर्षमा कोही युवाले रोजगारीका लागि विदेशिने अवस्था नआउने बताउनुभयो।

उहाँले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना हुन लागेको जानकारी दिँदै वैदेशिक लगानीको वातावरण निर्माण गर्न आफू लागिपरेको बताउनुभयो। कार्यक्रममा नेपाल चम्बर अफ कर्मसका उपाध्यक्ष राजेन्द्र मल्लले व्यापारघाटा ९३ प्रतिशतले बढेर गएकाले स्वदेशी सामानको उपभोगमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्