नेपाल बंगलादेश बैंकको ३६औं शाखा गल्छीमा



काठमाडौं, (नेस)

नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा धादिङको बैरेनीस्थित गल्छीमा ३६औं शाखा संञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गर्नुभयो। गल्छी शाखासहित बैंकले ३६ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३५ वटा एटीएमबाट बैंकिङ सुविधा दिंँदै आएको छ।

बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल निक्षेप ३९ दशमलव ६० अर्ब, कुल कर्जा ३४ दशमलव २७ अर्ब रुपियाँ रहेको जनाएको छ। साथै सोही अवधिमा बैंकको खुद नाफा २२ दशमलव ५० करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्