नारीकथामा शिरफूल



शिरफूलको सुटिङ सम्पन्न भएको छ। फिल्मको निर्धातिर ३५ दिनमै छायांकन सकिएको निर्देशक कमल एक्चै मगरले बताए। पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा निर्माण भएको शिरफूलको छायांकन सकिएको एक कार्यक्रमबीच जानकारी गराइएको हो।

शिरफूलमार्फत निर्देशकदेखि कलाकारसम्म डेब्यु गर्दै छन्। शिरफूल कमलको डेब्यु निर्देशन चलचित्र हो भने चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले पनि अभिनयमा डेब्यु गर्दै छन्। फिल्ममा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषयवस्तु बनाइएको छ।

निर्देशक कमलका अनुसार शिरफूल नारीप्रधान फिल्म हो। यो चलचित्रले युवापुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्छ। प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको छ, उनले भने– चलचित्रमा अभिनेत्री रुपा रानाबाहेक अधिकांश थिएटरका कलाकार छन्। फिल्ममा विनिता मगर, राज थापा, रुपा राना, देव आलेमगर, पूजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्