सन्नी मोबाइल एप्समा



बलिउडकी बोल्ड अभिनेत्री तथा पूर्वक्यानेडियन पोर्न स्टार सन्नी लियोन आफ्नो एप्स लन्च गर्दै छिन्। सन्नीले यो घोषणा गरेपछि उनलाई चाहनेहरुका लागी यो खुसीको खबर भएको छ।

सन्नीले आफ्नो ट्वीटरमा यो जानकारी शेयर गर्दै भनेकी छिन् म यो कुरा बताउँदै गर्दा धेरै नै खुसी महसुस गर्दै छु कि ६ दिनभित्र नै आफ्नो एप्स लन्च गर्न गइरहेको छु। भनिन्छ कि २०१४ मा सन्नीको आधिकारीक मोबाइल एप्स लन्च भएको थियो। जसलाई लिएर मानिसहरुको राम्रो प्रतिक्रिया आएको थियो। सन्नीको यो एप्स एक महिनामा ३ लाख मानिसहरुले डाउनलोड गरेका थिए र निकै कम समयमा धेरै डाउनलोड हुने एप्स सावित भएको थियो।

अब हेर्न बाँकी छ कि यो नयाँ एप्समा पोर्न स्टारसमेत रहेकी सन्नीले आफ्नो फ्यानहरुको लागि के एक्सक्लुसिभ ल्याउँछिन्।

प्रतिक्रिया दिनुहोस्