सेनाको राशन ठेक्कामा गोलमाल



काठमाडौं । नेपाली सेनाको मध्यपश्चिम पृतनाको राशन ठेक्कामा अनियमिता भएको भन्दै राशन ठेकेदारले त्यसको छानबिन गर्न माग गरेका छन् ।

राज्यलाई झण्डै ७ करोड भन्दा बढी रकम व्ययभार पर्ने गरी ठेक्कामा चलखेल गरेको भन्दै अर्जुन जनरल स्टोरका संचालक इन्द्रबहादुर खत्रीले राज्यलाई ब्ययभार पर्ने गरी निर्णय गर्ने सेनाका अधिकृतमाथि कारवाही गर्न माग गरेको हो ।

नेपाली सेनको मध्यपश्चिम पृनता र सो अन्र्तगतका ४ नम्वर बाहिनी अड्डा, २४ नम्वर बाहिनी अड्डा, भैरवप्रसाद गण सल्यान, देवीदल गण रुकुम, कालिदत्त गण डोल्पा, सैनिक आवासीय बिद्यालय सुर्खेतमा राशन ठेक्कामा अनियमिता भएको दावी गरिएको छ ।

ठेक्का आव्हान गर्दा पेश गरेको नमुना मापदण्ड अनुसार नभएको भन्दै कम मूल्यमा कवोल गर्ने ठेकेदार कम्पनीलाई नदिई बढी मूल्य कबोल गर्नेलाई ठेक्का दिएकाले उक्त ठेक्का रद्ध गर्न आफूले प्रधानमन्त्री र प्रधानसेनापतिलाई समेत उजुरी गरेको खत्रीले जानकारी दिनुभयो ।

राज्यलाई त्यति ठूलो व्ययभार पर्ने गरी ठेक्का सदर गर्नु कानुनी राज्यको उपहास भएको खत्रीले बताउनुभयो । यस बिषयमा सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले जुन कम्पनीले रासन ठेक्कामा अनियमिता भएको भन्दै आफ्नो असन्तुष्टि ब्यक्त गर्नुभएको छ । खत्रीले पेश गरेको राशन ठेक्कको नमुना नै गलत भएकाले उहाँले ठेक्का नपाएको बताउनुभयो ।

कार्कीले भन्नुभयो – ‘सैनिक जवानलाई खुवाउने राशनको नमुना नै गलत पेश गर्नेले कस्तो रासन खुवाउलान् यो सोचनीय बिषय हो ।’

प्रतिक्रिया दिनुहोस्