जीप दुर्घटनामा तीनको मृत्यु



धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ भूमेस्थान ६ कोइराले डाँडाको महादेववेसी नजिकै आज बिहान जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा सवारी चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ नम्बरको स्कारपियो जीप सडकबाट करीव १ सय मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा परेको जीपमा दुई जना पुरुष र एकजना महिला यात्रु थिए ।
मृत्यु हुनेमा चालक लमजुङ गाउँशहर ६ का २५ बर्षीय माधव धिताल र लमजुङ चण्डीस्थान ७ का ३१ बर्षीय बिष्णुबहादुर राउतको सनाखत भएको छ भने मृत्यु हुने एकजना महिला यात्रुको पहिचान नखुलेको ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्