प्रदेश नं ५ बारे जनमतसंग्रह



अनिल खत्री, गुल्मी
सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएर दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा गुल्मीको सदरमुकाम तम्घासमा जनमतसंग्रह भएको छ। संयुक्त युवा विद्यार्थीको आयोजनामा प्रदेश नं. ५ बाट पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लाहरूलाई टुक्रइउने गरी नेपाल सरकारले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावको पक्ष वा विपक्षमा मतदान भएको छ।

संशोधन प्रस्ताव फिर्ता गराउन गुल्मीमा चलेको आन्दोलनका जारी १६औं दलको आन्दोलनको कार्यक्रमअन्तर्गत तम्घासको लाकुरी मञ्चमा प्रदेश नं ५ टुक्रइउनु ठीक वा बेठीक भन्ने सम्बन्धमा भएको जनमतसंग्रहमा रेसु·ा नगरपालिका वडा नं. ४ का ८४ वर्षीय वृद्ध चिन्तामणि पन्थीबाट मतदान गरी शुरुआत गरिएको थियो। बिहान ११ बजेबाट भएको मतदानमा गुल्मीका विभिन्न व्यक्ति, युवा विद्यार्थीलगायत स्थानीयले स्वतस्फूर्त रूपमा उपस्थित भई आफ्नो मत दिएका छन्। गुल्मीमा भएको जनमतसंग्रहमा झन्डै ५ हजार मत खसेको संयुक्त युवा विद्यार्थी आन्दोलन समिति गुल्मीका राजेन्द्रविक्रम कुँवरले जानकारी दिए। बिहीबार भएको जनमसंग्रहको मतपरिणाम शुक्रबार गणना गरी एक कार्यक्रमका बीच सार्वजनिक गरिने कुँवरले बताए।

प्रतिक्रिया दिनुहोस्