भिडियोमा तरकारीवाली



केही समययता सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत निकै चर्चा चलेको छ, तरकारीवालीको। यी तरकारीवालीभन्दा पहिले यसै गरी चर्चामा आएका थिए पाकिस्तानका चियावाला। सामाजिक सञ्जालमा तरकारीवाली र चियावालाको चर्चाकै सेरोफेरोमा रहेर तयार पारिएको एक गीत तरकारीवाली र चियावाला म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

सज्जन धामी र सन्ध्या बुढाले गाएको उक्त गीतको भिडियो रंग पत्रकार चिरञ्जीवी सापकोटाले निर्देशन गरेका हुन् भने शब्द पनि चिरञ्जीवीकै रहेको छ। गीतको साथमा बीच–बीचमा रमाइला संवाद र हाउभाउले भरिएको उक्त भिडियोमा तरकारीवालीको भूमिकामा हास्य कलाकार सुशीला निरौला देखिएकी छिन् भने चियावालाको भूमिकामा गणेश हमाल छन्। अन्य कलाकारमा अरविन्द्र भट्टराई, चिरञ्जीवी सापकोटा, निराजन अधिकारी, रमेश हमाल रहेका छन्। भिडियोको छायांकन वासु बराल र सम्पादन रमित ओलीले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्