गुद्वारमा हावा भर्दा किशोरको मृत्यु



ढाका,(एजेन्सी)

बंगलादेशको एउटा स्पिनिंग मिलमा गरिएको भयानक यातनाको कारण अस्पतालमा एकजना १३ वर्षिय किशोरको मृत्यु भएको छ । यो घटना राजधानी ढाकाको नारायणगन्ज जिल्लामा भएको हो । प्रहरीले उनको एकजना सहकर्मिले ति किशोरको गुद्वारमा निकै उच्च दवावको होस प्रयोग गरी हावा भरिदिएको जनाएको छ ।

प्रहरीले उनी माथि यसरी दुव्र्यवहार गरिनुको कारण खुल्न नसकेको तर पक्राउ परेका ति किशारे माथि हत्याको आरेप लगाउन पिडित पक्षले दवाव दिइरहेको जनाएको छ । बंगलादेशमा यसैवर्ष मात्र भएको यस प्रकारको यो तेश्रो घटना हो । प्रहरीले मिनको काम साकाएर ति दुई किशोर कामदार आफ्नो शरिरमा टाँसिएको कपास निकाल्न एयर होस प्रयोग गरिरहँदा तये घटना घटेको जनाएको छ ।

गत जुलाईमा सागर बार्मान नामक एकजना दश वर्षिय बालकको पनि नारायणगन्ज स्थित अर्को स्पिनिंग मिलमा यस्तै घटनामा मृत्यु भएको थियो । स्थानिय संचार माध्यमले पछि अनुसन्धानको क्रममा तिनजना किशोरले ख्यालैख्यालमा त्यस्तो घटना घटेको र तिनीहरुको हत्या गर्ने मनशाय नरहेको बताएको जनाएको थियो ।

आठ महिना अघि यस्तै प्रकृतिको घटनामा राकिव हवल्डरको मृत्युले राष्ट्र स्तब्ध हुन पुगेको थियो । मेकानिक्सको काम छोड्न लागेको झोंकमा ति १३ वर्षिय राकिवको गुद्वारमा उनका साथीहरुले यसरीन ैहावा भरिदिएका थिए । उनको हत्याको अभियोगमा दुईजना पुरुषलाई मृत्युदण्ड दिइएको थियो । बंगला देशमा बालश्रम सामानय छ । थुप्रै बालबालिकाहरु अवैध गार्मेन्ट कारखानाहरुमा निकै जोखिम पुर्ष परिस्थितीमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्