११ कक्षाको परीक्षाफल सार्बजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ ११ कक्षाको परीक्षाफल सार्बजनिक गरेको छ । एघार कक्षाको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्