भोलिबाट सार्वजानिक बसमा डष्टविन राखिने अभियान शुरु



ईश्वरराज ढकाल

काठमाडौं । अब राजधानीबाट बाहिर जाने सवारी साधनका यात्रुले मनपरी रुपमा सडकमा फोहोर फाल्न पाउने छैनन् । बसमा फोहोर हाल्ने डस्टविन राखिएको हुन्छ, त्यही फाल्नु पर्नेछ ।

सरकारले भोलि पुस १ गतेदेखि उपत्यकाबाट लामो रुटमा संचालन हुने सबै बसमा डस्टविन राख्ने भएको छ । यातायात व्यवसायी महासंघको सहकार्यमा देशैभरका लामो र छोटो रुटमा चल्ने बसमा डस्टबिन राख्ने भएको हो । स्थानीय विकास मन्त्रालयले देशभरका २ सय १७ वटा नगरपालिकालाई पत्र काटेर यात्रुवाहक बसको फोहोर आफै व्यवस्थापन गर्न निर्देशन दिएपछि वस व्यवसायीले भोलिदेखि एक महिने अभियान शुरु गर्न लागेको हो । बसका यात्रु र चालकले फोहोर गर्न थालेको गुनासो आउन थालेपछि सबै बसमा डस्टविन राख्ने व्यवस्था गर्न पत्र पठाएको जानकारी गराउँदै स्थानीय विकस मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले फोहोरजन्य वस्तुलाई उचित स्थानमा व्यवस्थापन गर्न अभियान संचलन गर्न लागेको बताउँभयो ।

देशै भरका नगरपालिकालाई परिचालन गरी सवारी साधन भित्रको फोहोर निश्चित स्थानमा व्यवस्थापन गर्न अभियानको थालनी गरेको बताउँदै सचिव अधिकारीले भन्नुभयो– ’एक महिना अभियान संचालन गरेपछि कार्यान्वयनको लागि अघि बढ्नेछांै । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघको सहकार्यमा हुन लागेको यो अभियान करिब ७ हजार सवारी साधनमा प्रयोग गरिने भएको छ । अभियानको शुरुवात पुस १ गते बिहान साढे ७ बजे नयाँ बसपार्कबाट शुरु गर्ने भएकाछौं ।’ – महासंघका वागमती संयोजक धर्मराज रिमालले भन्नुभयो । ‘एकमहिने अभियान सकिएपछि अनिवार्य रुपमा सवारी साधनभित्र डस्टविन राख्ने व्यवस्था गर्ने भएका छौं’ –रिमालको भनाई थियो । नयाँ बसपार्कबाट शुरु हुने अभियान राजधानीबाट लामो रुटमा चल्ने सबै बसबाट शुरुवात गरिने भएको छ । मन्त्रालयका सचिव अधिकारीले एक महिने अभियानपछि सबैलाई डस्टविन राख्न अनिवार्य गराउने छांै भन्नुभयो । माघदेखि बसमा डस्टविन नराखेर जथाभावी फोहोर फ्याके फोहोरमैला व्यवस्थापन ऐन अनु्सार तत्कालै कारवाही गर्ने तयारी गरेको जानकारी गराउँदै सचिव अधिकारीले भन्नुभयो –‘एक महिनासम्म सबै व्यवसायीलाई अभियानको बारेमा जानकारी गराउँछौं, त्यसपछि कारबाही प्रक्रिया अघि बढाउनेछौं ।’
वागमती अञ्चल कार्यालय संयोजक रिमालले भोलिदेखि राजधानीमा संचलन हुने करिव ४ हजार बस, ८ सय माइक्रोबस, १ हजार ७ सय मिनीबस, ट्याम्पो र राजधानी बाहिर संचलन हुने करिब ५० हजार बसमा एकैसाथ अभियान संचालन गर्न लागेको जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई सहयोग गरेको बताउदै उहाले भन्नुभयो– ‘जथाभावी फोहोरले बसपार्क, सडक लगायतका क्षेत्रमा समस्या बढ्न थालेपछि अभियान संचलन गरेका हौ ।’ उहाँले व्यावसायी आफैले डस्टविन खरिद गर्ने वा केही समयका लागि ठुलो प्लाष्टिकको झोला राखेर फोहोर व्यवस्थापन गर्न सबै निकायलाई निर्देशन दिएको बताउनुभयो । मन्त्रालयले स्थानीय निकायका नगरप्रहरी र लामो रुटमा संचलन हुने बसमा नेपाल प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन गर्न लागेको जनाएको छ । हिजो बुधबार व्यव थालेको हो ।

याताायी र मन्त्रालयका पदाधिकारीविच भएका बैठकमा फोहोर अभियानको बारेमा छलफल भएको थियो । अभियान अवधिमा यातायात व्यवसायीले माइकिङ गरेर सबैलाई सहयोग गर्न अपिल गर्ने योजना बनाएको थियो ।

अभियान शुरु भैसकेपछि लागु गराएरै छाड्ने स्पष्ट पार्दै स्थानीय मन्त्रालयका सचिव अधिकारीले एक महिनापछि कडा कार्यान्न्वयनको चरणमा लैजाने बताउनुभयो । सवारी साधनमा डस्टविन राखि सकेपछि यात्रुले जथाभावी फोहोर फ्याक्न पूर्ण रुपमा प्रतिबन्ध लगाइने भएको छ । चालकले बसको अन्तिम स्थानमा फोहोर व्यवस्थापन गर्नेछ । त्यसको लागि स्थानीय निकायले फोहोर व्यवस्थापन गर्न सहयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्