ग्लोबल बैंकको प्रस्ताव पारित



काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंकले किन्न लागेको प्यासिफिक डेभलपमेन्ट बैंकको सेयर स्वाप रेसियो पारित भएको छ। प्यासिफिक डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर बराबर ग्लोबल आइएमईको ६९ दशमलब २६ कित्ता सेयर दिने गरी स्वाप अनुपात पारित भएको हो।। डीडीए प्रतिवेदनका आधारमा प्यासिफिक डेभलपमेण्ट बैंकको १ सय कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९ दशमलब २६ कित्ता शेयर दिने गरी शेयर स्वाप रेसियो तय गरिएको छ। प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६ अर्ब २५ करोड ६३ लाख रुपियाँ पुग्ने बैंकले जनाएको छ।

प्यासिफिकको १३ करोड रुपियाँ चुक्ता पुँजी छ। ग्लोबल आइएमईको बुधबार बसेको विशेष साधारणसभाले स्वाप पारित गरेको हो। प्यासिफिक गाँभेपछि ग्लोबल आइएमईको पुँजी ६ अर्ब २५ करोड रुपियाँ पुग्ने छ। पुस १५ भित्र प्यासिफिकलाई गाभेर एकिकृत कारोबार थाल्ने ग्लोबलको योजना छ।

प्रतिक्रिया दिनुहोस्