बंगलादेश बैंकको ३५औं शाखा मोरङमा



काठमाडौं, (नेस)

नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो ३५औं शाखा मोरङ जिल्लाको सरोभाग गाविस कर्सियामा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन बैंकका सञ्चालक अरुण श्रेष्ठले गर्नुभयो। सो कार्यक्रममा बैंकका सञ्चालक दीपक कार्की तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति रहेको थियो।

सो अवसरमा सञ्चालक दीपक कार्कीले बैंकले प्रदान गर्ने सेवाहरूको बारेमा जानकारी दिनुभयो। बैंकले ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखा, घरदैलो र बैंकिङ सेवा दिँदै आएको जानकारी दिइएको थियो।

सोही अवसरमा नेपाल बंगलादेश बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सरोभाग गाविस कर्सियास्थित श्री शारदा माविलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर, बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले हस्तान्तरण गर्नुभयो। बैंकको आव २०७३⁄७४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कूल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४ दलमबलब २७ अर्ब रुपियाँ रहेको जनाएको छ। साथै सोही अवधिमा बैंकको खुद नाफा रु.२२ दशमलब ५० करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्