राष्ट्रपति डुटेर्टेले हत्या गरेको स्वीकार



मनिला, (एजेन्सी) फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बुधबार दाभावोको मेयर रहँदा आफू स्वयम्ले आशंकित अपराधीहरूको हत्या गरेको तथ्य स्विकारेका छन्। गत जुनमा राष्ट्रपति बने यता सन् २०१५ मा आफूले गरेको सो कार्यलाई सार्वजनिक रूपमा उनले पहिलोपटक स्विकारेका हुन्।

फिलिपिन्सको दक्षिणी शहर दाभावोको दश वर्षसम्म मेयर रहँदा उनले अपराध नियन्त्रण गरेर वाहवाही लुटे पनि डेथ स्क्वाडलाई प्रोत्सहित गरेकामा उत्तिकै आलोचित पनि हुन पुगेका थिए। विदेश भ्रमणपूर्व सोमबार राष्ट्रपति भवनमा व्यापारी नेताहरूसँगको भेटवार्ताको क्रममा उनले सो कुरा स्विकारेका थिए। पटकपटक विचारोत्तेजक अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका डुर्टेटेले भनेका छन्, दाभाओमा म आफैं मार्ने गर्थें अपराधीहरूलाई।

म आफैंले त्यस्तो काम गर्न सक्छु भने तिनीहरू (प्रहरी ) ले किन गर्न सक्दैनन् भन्ने देखाउन नै मैले आफैंले अपराधीलाई कारवाही गर्ने गर्दथें। म आफैं मोटरसाइकलमा अपराध विरुद्ध गस्ती गर्ने गर्दथेँ। मैले अपरहण र बलात्कारमा संलग्न कम्तिमा तीनजनाको हत्या गरेको थिएँ।

प्रतिक्रिया दिनुहोस्