डीभीधारी एसपीमाथि छानबिन



काठमाडौं, (नेस)
अमेरिकी डीभी परेर अमेरिका जाने तयारी गर्नुभएका नेपाल प्रहरीका एसपी प्रमोद खरेलका बारेमा छानबिन गर्न महागनरीय आयुक्त कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा निर्देशनालयलाई निर्देशन दिएको छ।

आगामी फागुन ११ गते अमेरिका उड्ने तयारी गरे पनि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी खरेलका बारेमा यथार्य बुझेर प्रतिवेदन दिन निर्देशन दिएको आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिनुभयो। गत वर्ष नै सरकारले डीभी पीआरधारी सरकारी कर्मचारीलाई ९० दिनभित्र डीभी, पीआर त्याग्न वा सरकारी जागिर त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेलले भने अटेर गरेर प्रहरी सेवामा कार्यरत रहेका थिए। उनले विदेशी डीभी वा पीआर लिएको पाइए कारवाही गर्ने पनि एआईजी थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्