रेडबुल फुटसलमा क्वाटरफाइनल टोलीको टुंगो



नेपाल समाचारपत्र
काठमाडौं

जारी रेडबुल फुटसल लिग प्रतियोगिताअन्तर्गत क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। समूह ‘एबाट किकअफ फुटसल, बानेश्वर रिक्रिएसनल सेन्टर, ढुकु फुटसल हब र ह्वाइट हर्स फुटसल क्लबले अन्तिम आठमा स्थान बनाए। त्यस्तै समूह ‘बीबाट अन्तिम आठमा पुग्ने टोलीमा शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल र ताहाचल फुटसल क्लब रहेका छन्।

मंगलबार भएको समूह ‘बीको खेलमा सामाखुसीले ताहाचललाई ७–१ गोलअन्तरले हरायो। जसमा विजेता टोलीका लागि अभय राणाले तीन गोल गरे। त्यस्तै समूह ‘एका खेलमा बानेश्वरले रजनी फुटसललाई ७–३ ले हराउँदा सुनील तामाङले ह्याट्रिक गरेका थिए। तेस्रो खेलमा किकअफले ह्वाइट हर्सलाई ९–५ ले पन्छाएको थियो। टोलीको जितमा राज पौडेलले ४ गोल योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्