नेवाः सुन्दरीसँगै योमरी पुन्ही



नेवार सुन्दरीहरुले योमरी बनाएर खाँदै र खुवाउँदै रमाइलो गरेर योमरी पुन्ही मनाएका छन्। राजधानीको डिल्लीबजारस्थित मिसन नेवाः को अयोजक संस्था नेप्लिज फेसन होममा भेला भएका मिस नेवाः ११३६ का विजेता एञ्जल श्रेष्ठ, उपबिजेता तथा पूर्वमिस नेवाः हरुले मंगलबार योमरी पुन्ही मनाएका हुन्।

सो अवसरका मिस नेवाः तथा पूर्वमिस नेवाःहरुलाई योमरी बनाउन पनि सिकाइएको थियो। पूर्वमिस नेवाः मध्ये सुनिता डंगोल र मिस लिटिल नेवाः डिसिप्लेनकी अभिभावक पुनम शाक्यले योमरी बनाउन सिकाएका थिए। आफ्ना बजैहरुले घरमा योमरी बनाएर खुवाउने गरे पनि आफूहरुले कहिल्यै नबनाएको मिस नेवाःहरुले खुलाए। आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरुलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर यो चाड मनाउने मिस नेवाःहरुले बताए।

नेवार समुदायको चाडपर्वमध्येको महत्त्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफूहरुले मिस नेवाःहरुलाई योमरी बनाउन सिकाएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्