अज्ञात गोलीबाट महिलाको मृत्यु



भद्रपुर, (नेस)। घाँस–दाउरा काट्न जंगल गएकी एक महिलाको गोली लागेर ज्यान गएको छ। झापा जलथल–३ की ३१ वर्षीया अनिता मेचेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले दिएको घट्ना विवरणअनुसार सोमबार दिउँसो जलथलमा रहेको कुनाबारी जंगलमा घाँस काट्न गएका महिलाहरूमध्ये अनितालाई अज्ञात स्थलबाट आएको गोलीलागी घाइते भएको जिल्ला प्रहरीका एसपी शैलेस थापा क्षेत्रीले बताए। घट्नापश्चात ओम साई भद्रपुरमा उपचारका क्रममा साझ उनको मृत्यु भएको उनले जनाए। उनलाई कुममा गोली लागेको प्रहरीले बताएको छ। गोलीको छर्राले खुट्टामा लागी एक महिलासमेत सामान्य घाइते भएको साथै थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ। घट्नास्थलतर्फ डीएसपी हरिप्रसाद शर्माको कमान्डमा टोली गएकाले अनुसन्धानपश्चात कारण खुल्न सक्ने अनुमान गरिएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्