रेखा पनि राप्रपामा



कलाकारले फिल्ममा भूमिका परिवर्तन गरेजस्तै राजनीतिक पार्टीमा प्रवेश गर्नु र पार्टी फेर्नु आमकुरा हुन थालेको छ । यसै क्रममा कुनै बेला माओवादी पार्टीसँग नजिक रहेकी नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा सो पार्टीसँगको सम्बन्ध तोड्दै राप्रपामा प्रवेश गरेकी छिन् ।

सोमबार राप्रपाले राजधानीमा आयोजना गरेको एक कार्यक्रमबाट उनी औपचारिक रूपमै राप्रपामा प्रवेश गरेकी हुन् । रेखाले माओवादी पार्टीको सदस्यता नलिएको दाबी गर्दै आफू हिन्दू नारी भएकाले राप्रपा नै उपयुक्त पार्टी ठानी सो पार्टीमा आबद्ध भएको बताएकी छिन् । उनलाई राप्रपाका अध्यक्ष कमल थापाले माला पहिराएर स्वागत गरेका थिए । उनीसँगै उनकी आमा सरस्वती थापा पनि सो पार्टीमा आबद्ध भएकी छिन् । तत्कालीन नेकपा (माओवादी) ले राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड को हातबाट टीका थापेकी तथा माओवादीले गरेको सात दिने आम हडतालमा प्रचण्डसँग कि लाउ माया मैतिर कि लाउ उहीतिर, लालुपाते नु≈यो भुँइतिर दोहोरीमा नाचेर चर्चामा आएकी रेखाले राप्रपा प्रवेश कार्यक्रममा भने भनिन् ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ अर्को प्रसंग जोड्ने क्रममा उनले भनेकी थिइन् ‘म हिजोको दिनमा जनलहर चलेको बेला अरु कुनै पार्टीमा पुगेको थिएँ । राजनीतिक पार्टीमा लागे पनि कलाकारीतामा निरन्तर लाग्ने उनले बताएकी छिन् । केही समयअघि गायिका कोमल वली पनि राप्रपा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्