विश्वकै सबैभन्दा रमाइलो व्यक्ति



क्वालालम्पुर, (एजेन्सी)
मलेसियाका उदाउँदो हाँस्य कलाकार ≈यारिथ इस्कन्दर सन् २०१६ को ‘ विश्वकै सबैभन्दा रमाइलो व्यक्ति को ताज जित्न सफल भएका छन्। फिनल्यान्डको लेभिमा सो ताज जितेका ५० वर्षीय इस्कन्दरले बीबीसीका पत्रकार हिथर चेनसँग टेलिफोन वार्ता गर्दै आफ्नो काम नै जीवनका रमाइला पक्षहरू समेटेर त्यसलाई हँस्यौली पाराले प्रस्तुत गर्नुरहेको बताएका छन्।

उनले भने– ‘मेरो विचारमा पश्चिमी प्रहसन जगत एकजना एसियाली विदुषकको आवाज सुन्न तयार छ। मसँग मलेसियाली आवाज र प्रहशनको शैली छ। अमेरिकी टक सो आयोजक जे लेनोलगायत महान कमेडीद्वय क्रिस रक र डेभ च्याप्पेल्लेले चलाएको अमेरिकी कमेडी क्ल्ब चेन लाफ फयक्ट्रीको उक्त प्रतिस्पर्धाको अन्तिम चरणमा इस्कन्दरले अन्य चारजनालाई पराजित गरेका थिए।

अनलाइन भोटिंग सिस्टमअन्तर्गत उनी विजयी घोषित भएका थिए। प्रशंसकहरूलाई मतदान गर्न चौबीस घन्टा दिइएको थियो। उनले एक लाख अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्