भेनेजुयलामा पनि नोट नियन्त्रित



काराकास, (एजेन्सी)
भेनेजुयलाको सरकारले अवैध आर्थिक कारोबार रोक्ने उद्देश्यले उच्च मूल्यका बैक नोटहरू ७२ घन्टाभित्र चलनचल्तिबाट हटाउने घोषणा गरेको छ। केन्द्रीय बैंकको तथ्यांकले ६ अर्बभन्दा बढी १००– वोलिभर नोट बजारमा रहेको जनाएको छ।

अब भेनेजुयलाका जनताले बुधबारदेखि १० दिनसम्म ती नोट सिक्का र नयाँ उच्च मूल्यका ऋणपत्रसँग साट्न सक्नेछन्। राष्ट्रपति निकोलस मादुरोले माफियाहरूलाई नोटको दुरूपयोग गर्नबाट रोक्न यो कदम चालेको बताएका छन्। तर भारतमा पनि नेरेन्द्र मोदीको सरकारले भ्रष्टाचार राक्ने उद्देश्यले पाँच सय र एक हजारका नोट प्रचलनबाट हटाउँदा ठूलै हंगामा भएको थियो।

आइतबार मादुरोले अचानक आगामी बुधबारदेखि करिब अमेरिकी २ सेन्ट मूल्यका १ सय वोलभर नोट कालो बजारबाट हटाइने घोषणा गरेका थिए। उनले माफियाले उक्त दरका नोटहरूमाथि कब्जा गरी आफ्नो सरकारविरुद्ध आर्थिक युद्ध नै छेडेको आरोप लगाएका थिए।

उनले माफियाको हातमा रहेको ३ सय अर्बभन्दा बढी वोलिभरमध्ये अधिकांश १ सय वोलिभर नोट रहेको पनि बताएका छन्। गत महिना कालोबजारमा उक्त नोटको मूल्य अमेरिकी डलरको तुलनामा ५५ प्रतिशतले अवमूल्यन हुन पुगेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यसको मूल्यमा आगामी वर्ष २ हजार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्