नेपाल भाषामा बालकथा



काठमाडौं, (नेस)
लामो समयदेखि बालकथा लेख्दै आएकी साहित्यकार मीना वज्राचार्यले लेखेका नेपाल भाषाका बालकथाहरूको संग्रह ‘झी मस्त झीगु बाखं (हाम्रा बालक हाम्रै कथा) को एक समारोहबीच शनिबार विमोचन भएको छ। सो पुस्तक तयजु पब्लिकेसनद्वारा प्रकाशित गरिएको हो।
सो बालकथा संग्रहमा कुल १० वटा कथा संग्रहित छन्। स्कुलमा नेपाल भाषामा शिक्षा अभियानका अभियन्ता दीपक तुलाधरको प्रमुख आतिथ्यता र नेपाल भाषा मंका खलः का सचिव नरेशवीर शाक्य विशेष अतिथि रहेको सो कार्यक्रममा उहाँहरू दुवैले संयुक्तरूपमा पुस्तकको विमोचन गर्नुभएको थियो । विमोचन कार्यक्रमको आयोजना नेपाल भाषा स्यनेकने पुचः (नेपाल भाषा शिक्षण समूह) गरेको थियो।

सो समूहका प्रमुख रमिता वज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही समूहका सचिव महेश्वर मानन्धर, साहित्यकार शशिकला मानन्धर, नवीन थेच्वमी, विद्यादेवी चित्रकार र निर्मल वज्राचार्यलगायतले पनि बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्