एक्सेल्सियर कप समाप्त



काठमाडौं, (नेस)
पाँचौं एक्सेल्सियर कप खेलकुद प्रतियोगिता आइतबार समाप्त भएको छ। प्रतियोगितामा भएको फाइभ ‘ए साइड फुटबलको उपाधि भिडन्तमा सिद्धार्थ वनस्थलीले गीताञ्जलि स्कुललाई १–० गोलअन्तरले हरायो। निर्णायक गोल क्रिस थापाले गरे। त्यसै गरी जुनियर ब्याइज बास्केटबल स्पर्धाको उपाधि महामञ्जुश्री स्कुलले जित्यो। फाइनलमा ग्रीनफिल्ड स्कुललाई ५१–२० स्कोरले पराजित गर्दै महामञ्जुश्रीले उपाधि जितेको हो। महामञ्जुश्रीलाई जिताउन महत्त्वपूर्ण २७ स्कोर गरेका मौसम घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भए। सिनियर ब्याइज बास्केटबल प्रतियोगिताको उपाधि निम्स स्कुलले हात पार्यो। निम्सले रेडिअन्ट स्कुललाई ६२–४५ स्कोरले पराजित गर्दै उपाधि जितेको हो। निम्सलाई जिताउन १८ स्कोर गरेका सतीश लामा उत्कृष्ट खेलाडी बने।

प्रतिक्रिया दिनुहोस्