‘ब्लु हाउस आक्रमणको तयारी



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोंगको निगरानीमा एउटा विशेष सैन्य कारबाहीको अभ्यास गरेको छ। यस घटनाले कोरियाली प्रायद्वीपमा पुनः एकपटक तनावको आशंका व्यक्त गर्न थालिएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले उक्त युद्धाभ्यासको निसानामा दक्षिण कोरियाको राष्ट्रपति आवास ‘ब्लु हाउस भएको उल्लेख गरेको जनाइएको छ। उक्त युद्धाभ्यासपछि दक्षिण कोरियाले सुरक्षा चेतावनी जारी गरेको छ।

उत्तर कोरियाको उक्त सैन्य अभ्यास दक्षिण कोरियामा जारी राजनीतिक अस्थिरताको फाइदा उठाउने प्रयासका रूपमा हेरिएको छ। भ्रष्टाचार काण्डलाई दक्षिण कोरियाली संसद्ले राष्ट्रपति पार्क गुयन हे विरुद्ध महाअभियोग पारित गरेको हो।

दक्षिण कोरियाको नेसनल एसेम्बलीले ५६ को विरुद्ध २ सय ३४ मतले महाअभियोग पारित गरेको थियो। यसको अर्थ राष्ट्रपतिविरुद्ध सत्ताधारी पार्टीका सदस्यले पनि महाअभियोगको पक्षमा मतदान गरेको देखियो।

यद्यपि सरकारी समाचार एजेन्सी केसीएनएले उक्त विशेष सैन्य अभ्यासका बारेमा विस्तृत जानकारी दिएको छैन। उक्त एजेन्सीले दक्षिण कोरियाको संसद्मा शुक्रबार राष्ट्रपतिविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमा भएको मतदानका विषयमा पनि कुनै उल्लेख गरेको छैन।

प्रतिक्रिया दिनुहोस्