सुष्माको मस्त जवानी



हेर्ने गीत अर्थात् म्युजिक भिडियो हिजोआज निकै ग्ल्यामर अनुहारका साथ आउन थालेको छ। यसै क्रममा एक गीतको म्युजिक भिडियोमा मोडल सुष्मा अधिकारी मेरो मस्त जवानी तिम्रो भन्दै देखिएकी छन्।

गायिका लक्ष्मी आचार्यको पछिल्लो गीत मस्त जवानीको म्युजिक भिडियोमा उनी ग्ल्यामररूपमा प्रस्तुत भएकी हुन्। गीतको म्युजिक भिडियो हालै युट्युबमार्फत् सार्वजनिक गरिएको छ। जसमा मोडल सुष्मा अघिकारी निकै हट अवतारमा प्रस्तुत भएकी छन्। भिडियोमा सुष्माका साथमा सन्दीप, विज्ञानलगायतले अभिनय गरेका छन्।

फिल्ममा राखिने आइटमझैं तामझामका साथ बनाइएको भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन्। भिडियोमा सन्तोष राजवाहको कोरियोग्राफी, अमृत सुनुवारको छायांकन र निशान्त घिमिरेको सम्पादन रहेको छ। गायिका लक्ष्मीले आइटम गीतका रूपमा यसलाई बाँहिर ल्याएकी हुन्। गीतकमा शब्द सुभास गौतम र संगीत अनुप रेग्मीको रहेको छ।

कैलाली टीकापुर मोतीनगरकी लक्ष्मी विगत ५ वर्षदेखि गायनमै रमाइरहेकी छन्। उनका नजिक नजिक सर्छन्, तीन साल अमेरिका, यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो, पाउजु बजाउँछु म बोलका गीत हिट छन्। अघिल्ला केही गीतमा उनले मोडलिङसमेत आफैंले गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्