प्रधान अध्यापकलाई तालिम



ईश्वरराज ढकाल

अबको प्रधानअध्यापक कस्तो हुन्छन्। कस्तो प्रधानअध्यापक छनौट गर्ने ? संविधानमा सामुदायिक विद्यालयलाई स्थानीय सरकारको जिम्मा दिने भनेको छ। प्रअ भनेकै सबैभन्दा अग्र भागमा रहेका काम गर्ने जनता हुन। जब इन्टलेक्च्युअल व्यक्तीले समाजमा लिड गर्न सक्छ तब मात्रै गाउँ , समाज अनि देश बन्छ। यस्तै विषयमा आधारित भएर शैक्षिक जनशक्ती विकास केन्द्रले प्रअलाई तालिम नया ढंगले तालिम दिने अभ्यास शुरु गरेको छ। हाल कार्यरत प्रअ को क्षमता विकास गराउन तालिमको शुरुवात गर्न भन्दै चरणबद्ध छलफल शुरु गरेको केन्द्रले एक महिने तालिमको व्यवस्थापन गर्ने भएको छ। हामी नया कोर्ष बनाउछौ, त्यसपछि मात्रै तालिम दिने काम शुरु गर्नेछौ–केन्द्रका उपनिर्देशक इश्वरी पोखरेलले भन्नुभयो। प्रअले गाउँगाउमा गएर परिवेश अनुसारको तालिम दिनसक्ने गरी नया कोषर््के डिजाइन गर्दैछौ भन्नुभयो। हामीले नया र पुराना प्रअको क्षमता अभिवृद्धी गर्न एक दुई चरणमा सकिनेगरी नया कोर्ष बनाउदैछौ।

यस्को लागि सबैसंग छलफल गरी सुभावम संकलन गरेका छौ–भन्नुभयो।
पुरानो कोर्षले प्रअको क्षमतामा विकास हुन नसकेपछि नया कोर्ष डिजाइन गर्न लागेको जानकारी गराउदै उहाले भन्नुभयो–हामीले परिकल्पना गरेको प्रअ बनाउने उद्धेश्यले तयार गर्न लागिएको कोर्षले प्रअको क्षमता किवासमा महत्वपुर्ण भुमिका खेल्ने दाबी गर्नुभयो। केन्द्रलदे पाठ्यक्रम तयार गरी मन्त्री अध्यक्ष रहनुभएको शैक्षिक जनशक्ती परिषदमा पेश गरेपछि नया कोर्ष अनुसार अध्ययन गराउने व्यवस्था गर्ने उहाको भनाई थियो। त्यसको लागि केन्द्रले शिक्षक, प्रअ, पत्रकार, शिक्षा मन्त्रालयका अधिकारी, जिल्ला शिक्षा अधिकारी, विद्यार्थि संघ संगठन, शिक्षक महासंघ , अभिभावक संघ संगठन संग छलफल सम्पन्न गरिसकेको छ। प्रधानाध्यापकका पेसागत कार्यहरू, विद्यालय व्यवस्थापनका पक्षहरू, प्रभावकारी नेतृत्वका गुणहरू, नेतृत्व विकास र नेतृत्वका प्रचलित शैलीहरू, विद्यालय व्यवस्थापन योजना निर्माण र कार्यान्वयनका पक्षहरू, विद्यालय सञ्चालनका लागि स्रोत सबै प्रकारका व्यवस्थापन, परिचालन र जवाफदेहिता मुख्य विषय रहेको केन्द्रको धारणा छ। उपनिर्देशक पोखरेलले शिक्षक व्यवस्थापन, उनीहरूको पेसागत विकासमा सहजीकरण र उचित मूल्याङ्कन तथा शैक्षणिक व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका शिक्षा सरोकारवाला सबैको चासो र पदीय मर्यादाका पक्षमा समेत छलफल गर्नेगरी नया कोर्ष तयारी गर्न लागेको जानकारी दिनुभयो।

छलफलका विषयवस्तु

कार्ययोजना निर्माण, कार्यान्वयन तथा प्रयोग क्षमता सिप
अनुसन्धानका विषय र विकासका योजना चयन तथा प्रयोग सिप
शैक्षिक क्षेत्रमा विज्ञान र सूचना प्रविधिको व्यवस्थापन र अभिलेखीकरण तथा प्रयोग सिप एवम् आइसिटि कक्षा वातावरण सिर्जना तथा गृहकार्य र पेसागत क्षमता वृद्धि
शिक्षा व्यवस्थापनमा सामाजिक परीक्षण तथा लेखा परीक्षण पद्धति, लेखाप्रणाली पारदर्शिता र जवाफदेहिता, आर्थिक सुशासनका लागि सार्वजनिक खरिद प्रणाली तथा शुन्य बेरुजु वा न्यूनीकरण क्षमता
निरन्तर शिक्षा, वैकल्पिक शिक्षा पद्धति तथा विद्यमान नमुना विद्यालय अवधारणा र आवश्यकता एवम् विद्यार्थी मूल्याङ्कन पद्धति ( निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्धति कार्यान्वयन सिप
विद्यालय क्षेत्र सुधार कार्यक्रमका सवलता, सिकाइ अनुभव र विद्यालय विकास कार्यक्रमको तुलनात्मक विश्लेषण सिप
शिक्षक, कर्मचारी व्यवस्थापन, अभिलेख सुदृढीकरण (शिक्षक कर्मचारी नियुक्तिदेखि निवृत्तसम्म ) र कार्यसम्पादन मूल्याङ्कन फाराम प्रयोग सिप एवम् आर्थिक सेवासुविधा ( निवृत्तभरण, उपदान, शैक्षिक सन्ततिवृत्ति जस्ता पक्ष)
शैक्षिक मुद्दाहरू एवं समसामयिक कार्यक्रमहरू ( समावेशिता, पठन सिप, बहुकक्षा बहुस्तर, व्यवहार कुशल सिप, गुणस्तर, पहुँच, विद्यालय बाहिरका बच्चा, बालबालिका, छात्रा, अपाङ्गता तथा वातावरण मैत्री विद्यालय व्यवस्थापन, खानेपानी, सरसफाइ र पोषण सुविधा, उपलब्धता, व्यवस्थापन एवं प्रयोगमा प्रअको भूमिका तथा सुपरीवेक्षण आदि)
प्रशासनिक, व्यवस्थापकीय नेतृत्व कुशल एवम् प्राज्ञिक तथा प्राविधिक सबल र तटस्थ प्रधानाध्यापक,
पाठ्यक्रम, पाठ्यपुस्तक कार्यान्वयन एवं शिक्षण विधि तथा मूल्याङ्कनमा निपूर्ण र सामाजिक रूपान्तरण कर्ता,
मनोविज्ञानवेत्ता, मनोपरामर्शदाता, पथप्रदर्शक र आचासंहिता पालना,
अभिभावक सचेतना, सेवाग्राही सन्तुष्टि, पेसागत परिपक्वता र अनुभव, विव्यसको सक्रियतामा प्रधानाध्यापकको सहजीकरण भूमिका
सरोकारवालाको उच्च मूल्याङ्कन पद्धति विकास र अभिलेख व्यवस्थापन एवम् दण्ड पुरस्कारको पालना, स्रोतको सदुपयोग र संविधानको मर्मप्रति प्रतिवद्ध,
राजनैतिक तटस्थ , निकटस्थको सही नियमन र मूल्याङ्कन, विश्वसनीय नेतृत्व आदर्श र व्यवहारमा तालमेल तथा नैतिक पक्ष,
शिक्षक प्रोत्साहन, सहकार्य, समन्वय, पारदर्शिता र कार्यमूल्याङ्कन तथा नम्रता प्रदर्शन संस्कृति विकास,
प्रअलाई पूर्ण जिम्मेवार, परिवर्तक प्रोत्साहन र सुविधा एवं विद्यालयको बहुद्वन्द्व र वैमनस्यता न्यूनीकरण वा व्यवस्थापन
छात्रवृति, पिसिएफ र विविध स्रोतको व्यवस्थापन,

सरोकारवालको सुझाव

आधारभूत तथा माध्यमिक तहका विद्यालयका प्रंधानाध्यापकका लागि छुट्टाछुट्टै तालिम कोर्स, सामग्री विकास गरी सञ्चालन गर्ने,
मनोतालिम प्याकेजबाट उन्मुक्त हुनका लागि प्रधानाध्यापक तालिमको मोडालिटि तपसिलको बनाउनु उपयुक्त हुने
०– ५ वर्ष अनुभव भएका प्र. अ. का लागि एउटा प्याकेज,
६– १० वर्ष अनुभव भएका प्र. अ. का लागि एउटा प्याकेज,
११– १५ वर्ष अनुभव भएका प्र. अ. का लागि एउटा प्याकेज,
१६– वर्षमाथिको अनुभव भएका प्र. अ. का लागि एउटा प्याकेज, अथवा
शिक्षकको पेसागत अनुभव, कार्यक्षमता र विशेषज्ञताका आधारमा प्याकेज छुट्टयाउने तथा तह अनुसार प्याकेज अलग गर्ने जस्तैः ०—१० वर्ष कालागि एउटा प्याकेज, ११ वर्ष माथि अर्काे प्याकेज,
विद्यालयका प्रधानाध्यापकहरू शैक्षिक क्षेत्रका भएकाले व्यवस्थापनका (योजना, सङ्गठन, जनशक्ति व्यवस्थापन, निर्देशन, समन्वय, प्रतिवेदन लेखन र बजेट निर्माण तथा कार्यान्वयन) प्रयोगात्मक सिपमा जोड गर्ने,
प्रधानाध्यापक तालिम स्वाध्यायन सामग्रीको विकास, कार्यान्वयन र सञ्चार माध्यमबाट व्यापक प्रचारप्रसार गर्ने,
प्रधानाध्यापक व्यवस्थापन, नियुक्ति प्रक्रियामा विद्यालय विकास कार्यक्रमका अवधारणा र भूमिकामा जोड गर्ने,
तालिमको ढाँचा र विषयवस्तुलाई शास्त्रीय पद्धतिबाट मुक्त गरी समसामयिक आवश्यकता अनुरूप प्रतिस्पर्धी बनाउने,
तालिम माग गर्ने, सिक्ने र परिवर्तन हुनका लागि विकास गर्ने तथा सप्लाई पद्धति हटाउने,
विद्यालयमा मनोपरामर्श र वैयक्तिक गुनासो सुनुवाइको सुनिश्चितता व्यवस्थापनमा जोड,
विद्यालय र समुदाय सम्बन्ध ( प्र. अ. + शिक्षक, प्र. अ. + विद्यार्थी, प्र. अ. + अभिभावक तथा आवश्यकतानुसार सबै सरोकारवालासंग संयुक्त वा अलग र वि. व्य. स. समेतको अन्तरक्रिया) को सुनिश्चितता,
शिक्षा क्षेत्रको निजीकरणले सामुदायिक शिक्षालाई गरेको चुनौती सामना गर्ने,
शिक्षकलाई पेसागत मर्यादा पालना र राजनीतिक तटस्थ बनाउने,
तालिमबाट नीतिगत सुधार र संस्थागत विकास गर्ने,
एक व्यक्ति बहु पेसाबाट अलग गरी पेसागत काम कर्तव्य र अधिकारप्रति जवाफदेहिता बढाउने,
सामुदायिक शिक्षाप्रति जनताको विश्वास आर्जन गर्न नेतृत्व तयार पार्ने,
असल, सफल र सिकाइमूलक शैक्षिक संस्था वा विद्यालयहरूको अवलोकन, भ्रमण र खोज गर्ने अवसर दिने,
तालिम अनुगमन, पृष्ठपोषण र जवाफदेही हुने संयन्त्र स्पष्ट पार्ने,
सपना, कल्पना र सिर्जना जोडिएको र सामुदायिक विश्वास जितेर मेहनतपूर्वक अगुवाइ गर्ने क्षमता विकास गर्ने,
कस्तालाई अगुवा बनाउने वा कस्तो बनाउने नीतिगत स्पष्टता ,
विषय थोरै तर पूर्ण दक्षता हुने प्रशिक्षणको व्यवस्था गरी सूची पढ्ने वा प्रस्तुत गर्ने शैली हटाउने,
प्रधानाध्यापक तालिमको विषय पहिचान र खोजमूलक समाधान विधिमा जोड गर्ने,
बढदो भौतिकताप्रतिको लालसा, सामाजिक अशान्ति वा अव्यवस्थापनलाई न्यून गर्न ध्यान, योग र आध्यात्मिक विषय वा दर्शनलाई पनि तालिमका विषयमा स्थान दिने,
तालिम पछि प्रतिवद्धता, कार्यान्वयन र अनुगमन, पृष्ठपोषण र सहजीकरणको व्यवस्था गर्ने र वृत्ति विकासमा जोड्ने संयन्त्र बनाउने ,
अपाङ्गता भएका सबै खाले समावेशी शिक्षामा विषयले तालिममा स्थान पाउनुपर्ने,
पहिलो चरणको १० दिने तालिमका कुनै पनि विषयवस्तु दोस्रो चरणमा नदोहोरिने बनाउने,
बढ्दो साइवर क्राइम तथा समाजमा फैलिँदो लागु पदार्थ दुव्र्यसनको विषय एवम् रोकथामका उपायहरू तालिममा समेट्ने,
प्रधानाध्यापक छनौट कार्यविधि र पेसागत सक्षमता विकासबीच तालमेल मिलाउने,
तालिम प्रशिक्षकले दिने मात्र नभई सहभागीले आइसिटीको प्रयोग गरी सिक्ने र प्रस्तुत गर्ने बनाउने,
तालिम पहिलाको अवस्था र तालिम पछिको नेतृत्व, व्यवस्थापन र उपलब्धिका विषयमा सरोकारवालाबीच अनिवार्य अन्तरक्रिया हुनै पर्ने,
शिक्षाशास्त्रका शिक्षकबाट प्रधानाध्यापक हुने हुँदा व्यवस्थापन पक्षलाई बढी प्राथमिकतामा राखी तालिम कोर्स बनाउने,
तालिम प्याकेज क्षमताशीललाई अझ प्रतिस्पर्धी र सामान्य सिप पनि नभएकालाई पेसागत क्षमता दिने बनाउने,
संस्थागत विद्यालयका प्रधानाध्यापकलाई पनि आकर्षित गर्ने तालिम प्याकेज बनाउने,
शैक्षिक नेतालाई सक्षम र जवाफदेही बनाउन अधिकार र स्वायत्तताको आधार तयार पार्ने,
अन्यत्रको विषय पाठ्यभार घटाएर भएपनि आइसिटीको पाठ्यभार सिद्धान्त २ र अभ्यासमा ३ गरी ५ पाठ्यभार दिने,
तालिमको दिन १०+५ तथा १०+५ को कार्य ढाँचाले ६६ प्रतिशत प्रत्यक्ष तथा ३३ प्रतिशत अभ्यासमा जोड गरेको छ, अभ्यासका क्षेत्रले समुदाय र विकास तथा सुशासनको पक्षलाई जोड गरेको हुनु पर्ने र त्यसकालागि पहिलो चरण र दोस्रो चरणमा संभावित परियोजना कार्यका विषयवस्तुको सूची दिनु उपयुक्त हुने,
असल अभ्यास सुनाउने नभई देखाउने र आत्मसात गर्ने खालको बनाउन शैक्षिक भ्रमणको व्यवस्था मिलाउने,
परियोजना कार्य अभ्यासमूलक बनाउने र परियोजना कार्यको डिजाइन अनिवार्य अभ्यास गराउने,
सिकाइ उपलब्धि उच्च हुने र व्यवहारिक सिप दिने ०–१२ सञ्चालन भएका विद्यालयलाई मात्र नमुना विद्यालयका रूपमा विकास हुने,
पहिलो चरणको १० दिने तालिमका कुनै पनि विषयवस्तु दोस्रो चरणमा नदोहोराउने,
आधारभूत तथा माध्यमिक तहका विद्यालयका प्रंधानाध्यापकका लागि छुट्टाछुट्टै तालिम कोर्स, सामग्री विकास गरी सञ्चालन गर्ने,
प्रधानाध्यापक तालिमका प्याकेजमा नमुना तथा प्राविधिक धारका विद्यालयका विषयवस्तु सम्बोधन हुने तथा नेतृत्व क्षमता विकास हुने विषयवस्तुको खण्ड छुट्रटै वा दोस्रो चरणको प्याकेज अलग बनाउने,
समूह प्रति विश्वास, कार्यविभाजन र सामूहिक प्रयासमा नतिजा खोज्ने संस्कृति विकास गर्ने,
विव्यस अध्ययक्षहरूलाई सवल र जवाफदेही बनाएर मात्र विद्यालयलाई नमुना बनाउन सक्ने ,
तालिम अघि र पछि के फरक पर्यो मूल्याङ्कन गरी सहयोग गर्ने पद्धति वा संयन्त्र विकास गर्ने
सामुदायिक र संस्थागत दुवै विद्यालका प्रअलाई तालिममा अनिवार्य समेट्ने,
शिक्षक , विद्यार्थी, अभिभावकलाई तालिम बारे जानकारी र साझा प्रतिवद्धताको व्यवस्था गर्ने,
तालिमका दुवै चरण एकै वर्षमा पुरा गर्न व्यवस्था मिलाउने,
कसले तालिम लिए ? के फरक पर्यो ? सार्वजनिक रूपमा सूचना गरेर मूल्याङ्कन गर्ने पद्धति वसाल्ने,
तालिमका सहभागीलाई नमुना स्कुल अनिवार्य देखाउने र सिक्न प्रेरित गर्ने,
ठाँउ ठाँउका राम्रा विद्यालय अवलोकन र सिकाइप्रति प्रेरणा जगाउने,
नमुना विद्यालय अवलोकन, नमुना विद्यालय प्रधानाध्यापकहरूको अतिथि प्रशिक्षण व्यवस्था

प्रतिक्रिया दिनुहोस्