सत्ताको जोड घटाउभन्दा राष्ट्रिय हितलाई हेरः पौडेल



नेपाल समाचरापत्र
तनहुँ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको जोड घटाउभन्दा पनि राष्ट्रिय हितलाई हेरेर मात्रै विकास र समृद्धिको काममा दलबीच साझेदारी र एकता हुनुपर्ने बताउनुभयो।

शनिबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले विकासको काममा सबै पार्टीबीच एकता आवश्यक रहेको र सत्ता प्राप्तिका लागि जोडघटाउ गर्नुभन्दा संविधान कार्यनयनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले देश विकासको सोच राख्ने नेता नभएकोमा चिन्ता व्यक्त गर्नुभयो।

शान्ति र स्थिर राजनीतिक भए मात्रै लगानीको वातावरण बन्न सक्ने भन्दै पौडेलले देशको अस्थिर राजनीति नै विकासको मुख्य बाधक भएको बताउनुभयो। उहाँले संविधान कार्यान्वयनका लागि सबै पार्टीबीच सहमति आवश्यक रहेको भन्दै त्यसका लागि सरकारले वातावरण तयार गर्नुपर्ने बताउनुभयो।

संविधान संशोधनले राष्ट्र विखण्डन नहुने भन्दै पौडेलले संविधान संशोधन विधेयकको विरोध गर्नुको कुनै अर्थ नरहेको र एमालेले तराइका सबैलाई भारतीय देखेर दूरी बढाउन नहुने भन्दै मधेसका जनतामा वास्तविक राष्ट्रभक्ति भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्