दुर्घटनामा एकै परिवारका ४ को मृत्यु



a; b’3{6gf a}t8Lsf] lz4]Zj/–# laGb|fjg glhs Hofk’ le/df b’3{6gfu|:t a; . b’3{6gfdf k/L tLg hgfsf] d[To’ ePsf] 5 eg] #^ hgf 3fOt] ePsf 5g . tl:a/ M ljgf]b l;+x lji6,a}t8L, /f;;

गोकुल घोरसाइने, बारा
ओभरटेक गर्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि त्रिभुवन राजपथस्थित बाराको अमलेखगन्ज गाविस आधाभर जंगलमा जन्ती बोकेको बसमा ठोक्किँदा कारमा सवार आमाछोरासहित ४ जनाको शनिबार बिहान मृत्यु भएको छ। कारमा सवार एकै परिवारका अन्य ३ जना पनि गम्भीर घाइते छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा कारचालक खोटाङ मंगलपुर–४ का २३ वर्षीय दीपकबहादुर थापा, सोही ठाउँ बस्ने २५ वर्षीय कुमारी थापामगर, उनकी ११ महिनाका छोरा जेनिश र २८ वर्षीय महेन्द्र आले छन्। चालक थापाको घटनास्थल र आमा कुमारी तथा छोरा जेनिशको उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पताल र महेन्द्रको मकवानपुर जिल्ला अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले मृतक सबै एक परिवारको भएको अनुमान गरेको भए पनि नाताबारे थप जानकारी प्राप्त भइनसकेको जनाएको छ।

हेटौंडाबाट सुनसरीतर्फ जाँदै गरेको गरेको बा१२छ ८२९० नम्बरको कार अगाडितर्फको अर्को जिपलाई ओभरटेक गरेर आफ्नो लेनमा फर्किने क्रममा वीरगन्जबाट हेटौंडातर्फ तीव्र गतिमा आएको ना६ख ६७५४ नम्बरको विवाहको जन्ती बोकेको बसमा बिहान ८ः२६ बजे ठोक्किएपछि कारमा सवार ४ को मृत्यु र ३ घाइते बनेको इलाका प्रहरी कार्यालय सिमराका निरीक्षक गोविन्द कार्कीले जानकारी दिए। ‘ओभरटेकपछि आफ्नो लेनमा पुग्न नपाउदै तीव्र गतिमा विपरीत दिशाबाट आएको बसमा कार ठोक्किएको थियो, निरीक्षक कार्कीले भने– ‘कार र बस चालकको असावधानीले दुर्घटना भएको देखियो। निरीक्षक कार्कीले मृतकका आफन्त सम्पर्कमा आइनसकेको र घाइतेको अवस्था गम्भीर रहेकाले मृतकका नाता सम्बन्धबारे थप जानकारी प्राप्त हुन नसकेको बताए। घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगन्जले बस चालक बारा बहुअरी गाविस–२ का २६ वर्षीय दशरथ साहलाई नियन्त्रणमा लिएको छ।

घाइते सुनसरी रामधुनी नपा–८ बस्ने २६ वर्षीय कमलबहादुर आलेमगर, मगरकी श्रीमती यशोदा र २ वर्षीया छोरी आहनाको अवस्था गम्भीर छ। चुरेहिल अस्पतालमा उपचारपछि थप उपचारका लागि घाइते सबैलाई काठमाडौं पठाइएको निरीक्षक कार्कीले जानकारी गराए।

भारतीय कामदारको मृत्यु
यसैबीच मेसिनमा गलबन्दी अल्झिएर च्यापिएपछि बाराको गढिमाई नपा–१० स्थित श्रीकृष्ण घिउ उद्योगमा कार्यरत एक भारतीय कामदारको शुक्रबार राति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका बाराका अनुसार कारखानामा काम गर्ने क्रममा दिउँसो मेसिनको पंखामा गलबन्दी बेरिएर घाँटीको हड्डी भाँचिएपछि भारत विहार गोरखपुर घर भएका ५८ वर्षीय जयराम यादवको उपचारका क्रममा नेसनल मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्