विराज सम्मानित



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन शनिबार सम्मानित भएका छन् ।

स्वयम्भूस्थीत द एक्सेल्सियर स्कुलले पाँचौ द एक्सेल्सियर कपको अवसरमा विराजलाई नगद २५ हजार सहित सम्मान गरिएको हो । विद्यालयका प्रवन्ध निर्देशक राम बस्नेतले दोसल्ला ओढाएर नगदले सम्मान गरे । नेपालले महर्जनकै नेतृत्वमा फुटबलका तीन उपाधि जितेको थियो । बंगलादेशमा सम्पन्न बंगबन्ध कप, भारतमा आयोजना भएको दक्षिण एसियाली खेलकुद फुटबल र मलेसियामा सम्पन्न एएफसि सोलीडारिटी कपमा उपाधि दिलाउन महत्वपुर्ण भूमिका निर्वाह गरेकाले विराजलाई सम्मान गरिएको विद्यालयका निर्देशक बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस्