एचएचसिए पहिलो



काठमाडौं, (नेस)
छैठौँ एञ्जल्स हार्ट खेल महोत्सव अन्र्तगत मनमैजूस्थीत आयोजकको खेल मैदानमा भएको बास्केटबल फाइनलमा सिनियर ब्वाइज र गल्र्सतर्फ दुवै स्पर्धामा एचएचसिएले उपाधि जितेको छ ।

सिनियर ब्वाइजको फाइनलमा एचएचसिएले ओडिसिलाई ४७–३३ स्कोरले हराउदा विशाल राईले २१ स्कोर गरे । गल्र्स बास्केटबलको फाइनलमा एचएचसिले भ्याली पब्लिकलाई ३४–१६ ले हराउदा सन्जु राईले १४ स्कोर गरिन् । एञ्जल्स् हार्ट स्पोट्स एकेडेमिमा भएको बास्केटलतर्फ जूनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बिएनएलाई २६–१३ ले हरायो । गोल्डेनपीकको जितमा पेम्बा शेर्पाले १० स्कोर गरे ।

खेल महोत्सवअन्तर्गत फुटबलतर्फको फाइनलमा सेन्ट जेभियर्सले रिड स्कुललाई ३–१ ले हरायो । सेन्ट जेभियर्सको जितमा अंकित बोहराले दुई तथा अक्षय प्रधानले एक गोल गरे । त्यस्तै टेबल टेनिसको ब्वाइजतर्फ अरुणी सेकेण्डरी स्कुल पहिलो र दोस्रो तथा गल्र्सतर्फ विजेश्वरी स्कुल पहिलो र दोस्रो भएका थिए । प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष एवम् बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रविन श्रेष्ठलाई सम्मान गरिएको छ । थापा र श्रेष्ठलाई विद्यालयका अध्यक्ष पुनले सम्मानपत्रद्धारा सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्