काल्र्सबर्ग गल्फमा पेम्बा पहिलो



काठमाडौं, (नेस)
पेम्बा शेर्पाले गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको काल्र्सबर्ग गल्फ २०१६ को उपाधि जितेका छन् । ८ ह्यान्डीक्यापसहित खेलिएकोमा पेम्बाले ३७ स्टेबलफर्ड अंक हासिल गरेका हुन् । उनका निकट प्रतिद्वन्द्वी पूर्व एसएसपी राजेन्द्र श्रेष्ठले ३६ अंक जोडे । त्यस्तै विजय श्रेष्ठले ३५ ग्रोस स्कोरसहित बेस्ट ग्रोस र लंगेस्ट ड्राइभको गरी दुई अवार्ड जितेका थिए । यसैगरी पूर्व मेजर जनरल महेश विक्रम कार्कीले ६० वर्षमाथिको सिनियर र क्लोजेस्ट टू द पीनको अवार्ड हासिल गरेका थिए ।

महिलातर्फ प्रतिमा शेर्पाले २७ अंकसहित पहिलो स्थान प्राप्त गरिन् । कल्पना लिम्बु २५ अंकसहित दोस्रो स्थानमा रहेकी थिइन् । वान्चेन धोन्दुपले चार बर्डीज बनाउँदै मोस्ट बर्डिजको ट्रफी हात पारे । ९० जना खेलाडीको सहभागिताको प्रतियोगितामा १०० गल्फरहरुको उत्साहजनक सहभागिता थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो इभेन्ट ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो ।

यस प्रतियोगिताका उप–विजेता, ग्रस विजेता, ग्रस उप– विजेता, महिला तर्फका विजेता, महिला तर्फका उप–विजेता सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई पुरस्कार वितरण गरियो ।

अरुण अधिकारी, गोर्खा बु्रअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले भन्नु भयो, “सन् १९९० को अन्त्य तिरबाट यहाँसम्म आई पुग्दा काल्र्सबर्ग गल्फले धेरै लामो यात्रा तय गरिसकेको छ । काल्र्सबर्ग गल्फले पहिलेदेखि नै प्रतिभाशाली उदयमान गल्फरहरुलाई सहभागी हुने अवसर प्रदान गर्दै आएको छ । काल्र्सबर्ग १ दशकदेखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको छ र हामी आगामी वर्षहरुमा पनि यस गौरवशाली प्रायोजनलाई निरन्तरता दिनेछौं ।”

प्रतिक्रिया दिनुहोस्