अनुष्काकोविहे चाहना



फिल्म अभिनेत्री अनुष्का शर्मालाई विहे गर्ने कुनै हतारो छैन रे। तैपनि भन्छिन् ‘म मेरो विहे कुनै पनि साधारण केटीसरह होस भन्ने चाहन्छु। अनुष्काले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै यसो आफूलाई साधारण युवतीको जस्तै साधारण ढंगले विहे होस् भन्ने लागेको र विहे गर्ने हतारो नभएको बताएकी हुन्।

‘मैले हालसम्म विवाहको बारेमा केही पनि सोचिसकेको छैन –उनले भनेकी छिन् ‘विहे त हुन्छ तर मलाई थाहा छैन कहिले हुन्छ। अहिले त मैले यसको बारेमा सोचेको पनि छैन। म आफ्ना जीवनको कुनै पनि कुरा एकदमै सामान्य तरिकाले सम्पन्न गर्छु र विहे पनि त्यही तरिकाले हुन्छ। म मान्छु कि सबै कुरा समयअनुसार बदलिरहेको हुन्छ।

२८ वर्षीय यी अभिनेत्रीको फिल्मी यात्रा अहिले निकै राम्रोसँग चलिरहेको छ। बलिउडमा कतिपय त्यस्ता अभिनेत्रीहरू छन्, जो विहे गरेर बच्चा भइसकेपछि पनि उर्जाका साथ काम गरिरहेका छन्। ‘यो इन्डिस्ट्रिजमा अहिलेको समय भनेको अद्भुत समय हो। मेरा लागि पनि यो एक महत्त्वपूर्ण समय हो। तर मलाई जब मानिसहरूले अभिनेत्रीहरूको छुट्टै जिन्दगी हुन्छ भन्छन् त्यो कत्ति पनि मन पर्दैन उनले सञ्चार माध्यमसँग कुरा गर्दै भनेकी छिन्।

सेलिब्रेटीहरूको विहे हुने र छुट्टिने क्रम बढिरहेको बेलामा उनी भने विवाह भनेको एकपटक मात्र हुन्छ भन्ने धारणा राख्छिन्। ‘म विहे भनेको एक चोटी हुन्छ भन्ने कुरामा विश्वास राख्छु। तर देशमा हिजो सम्बन्ध विच्छेदका यस कारणले बढी हुन्छन्। या त महिलाहरू अब परिवर्तन भइसके, या त उनीहरूको सोच पनि परिवर्त भइसक्यो। महिलाहरू अब अर्थिक रूपमा स्वतन्त्र भइरहेका छन् अनुष्काले भनेकी छिन्– ‘र जीवनसाथीबिना नै उनीहरू स्वतन्त्र रूपमा आफ्नो जिन्दगी जिउन सक्छन्। उनीहरूलाई जो मन पर्छ, बस उनीहरूकैसाथ आफ्नो जीवन जिउन चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्