१० कलाकर्मीलाई कलानिधिको सम्मान



कलानिधि इन्दिरा संगीत महाविद्यालयले आफ्नो ५३औं वार्षिकोत्सवको अवसरमा राजधानीमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कला तथा संगीत क्षेत्रमा योगदान पुर्याउने विभिन्न १० व्यक्ति तथा संघसस्थालाई जनही नगद १० हजार रुपियाँसहित सम्मानित गरिएको छ।

सो अवसरमा ………. र …. लाई सम्मान गरिएको थियो। साथै सन् २०१४ र १५ तथा २०१५ र १६ मा भारतको इलहवादस्थित प्रयाग संगीत विद्यालयबाट प्राप्त सम्बन्धनका आधारमा लिइएको शास्त्रीय गायन, कथ्थक नृत्य तथा बाँसुरी बादन विषयको परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसै गरी नरेश गौमतको नाममा एक लाख, केशवलाल श्रेष्ठको नाममा दुई लाख र विनोद सिटौलाको नाममा पाँच लाख राशिको अक्षय कोष खडा गरी आगामी वर्ष त्यसबाट पुरस्कार प्रदान गरिने महाविद्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै राप्रका नेपालका आध्यक्ष तथा प्रमुख अतिथि पशुपति शमशेर जबराले संगीत र साहित्य संस्कृतिको महत्त्वपूर्ण अंग भएको चर्चा गरे। ‘हुन त एउटा गीत सुन्दा केही होइनजस्तो लाग्छ होला मानिसहरूलाई। तर बाजा गीत र नाच भनेको त्यस्तो वस्तु हो, जसबाट कुनै पनि मुलुकको संस्कृति र परम्परा झल्किन्छु –उनले भने। त्यसै गरी कलानिधि इन्दिरा महाविद्यालयकी संरक्षिका तथा अध्यक्ष इन्दिरा श्रेष्ठले कलानिधिले आफ्नो स्थापनाकालदेखि नै धेरै अवरोध पार गर्दै यहाँसम्म आएको स्मरण गरिन्। ‘हामीलाई संगीतप्रेमी विभिन्न व्यक्तिहरूले गरेको सहयोग र मायाको कारण नै हामी यो स्थानमा छौँ। आजसम्म जति कलाकार छन्, उनीहरू सबै आफ्नै मेहनत र परिश्रमले गर्दा बाँचेका छन्। सरकारबाट उनीहरूका लागि आजसम्म कुनै सहयोग प्राप्त भएको छैन। कलाकारहरूले बाचुन्जेल कुनै पनि सम्मान पाएका छैनन् उनले भनिन्।

त्यसै गरी महाविद्यालयका संगीत प्रशिक्षक धनबहादुर गोपालीले अगामी दिनहरूमा पनि कलानिधिको क्षमताले भ्याएसम्म कलाकारिता तथा संगीतमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने बताए। उनले सरकारको तर्फबाट यस क्षेत्रमा गहन कार्य हुन नसकेको र संगीतलाई चाहिएको बेला गहनाका रूपमा प्रयोग गर्ने र नचाहिने बेला थन्काएर राख्ने गरेको आरोप पनि लगाए। ‘पहिले पहिले रेडियो नेपालले शास्त्रीय संगीतलाई महत्त्व दिँदै विभिन्न प्रतियोगीता गर्ने गथ्र्यो। तर अहिले ५⁄१० वर्ष यता त्यो पनि गरेको छैन। आगामी कार्यक्रममा रेडियो नेपालले यस कार्यलाई निरन्तरता दिनुपर्छ –उनले भने।

प्रतिक्रिया दिनुहोस्