बैंक अफ द इयरको अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंकलाई



काठमाडौं, (नेस)

सन् २०१६ को ‘बैंक अफ द इयर अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी) ले प्राप्त गरेको छ। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्सले प्रकाशित गर्ने द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो वर्षको सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो।

बिहीबार लन्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले अवार्ड ग्रहण गर्नुभएको थियो। यो सहित इन्भेष्टमेन्ट बैंकले पाँचौंपटक बैंक अफ द इयर अवार्ड जितेको हो।

पत्रिकाले यो वर्ष १४९ मुलुकका बैंकलाई अवार्ड दिएको हो। हरेक देशका बाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेभसाइटमा उल्लेख छ। पत्रिकाले विगत १७ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्