गीताञ्जली सेमिफाइनलमा



काठमाडौं, (नेस)

पाचौं एक्सेल्सियर कपअन्तर्गत फाइभ ए साइट फुटबल प्रतियोगितामा गीताञ्जली स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। नवनिर्मित आर्टिफिसियल टर्फमा भएको क्वाटर–फाइनल खेलमा गीताञ्जलीले न्युजेनिथ स्कुललाई ३–२ गोलको कठिन जित निकाल्दा अभि तामाङ, रोशन केसी र सुदिप पराजुलीले समान एक–एक गोल गरे। न्यु जेनिथका लागि आयुष महर्जनले २ गोल फर्काए। अन्य क्वाटर–फाईनल खेलबाट सफलता हात पार्दै रिब्स, सिद्धार्थ वनस्थली र रातो बंगला पनि सेमिफाइनलमा प्रवेश गरेका छन्। रिब्सले नविन शाहीको ्याट्रिकको मद्दतमा त्रिरत्नलाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो। सेमिफाइनलमा रिब्सले गीताञ्जलीसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै सिद्धार्थ वनस्थलीले ग्यालेक्सी पब्लिकमाथि ६–० को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। सिद्धार्थको जितमा क्रिस थापाले ्याट्रिक पूरा गरे। रातो बंगलाले अक्षरालाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा सुवोदय सिंहले ्याट्रिक पूरा गरे। रातो बंगलाले सेमिफाइनलमा सिद्धार्थ वनस्थलीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्