महिला क्रिकेटर नगदद्वारा सम्मानित



नेपाल समाचारपत्र
काठमाडौं

युवा तथा खेलकुद मन्त्रालयले महिला टी २० विश्वकप एसियन क्वालिफायर क्रिकेट प्रतियोगितामा दोश्रो भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा दोश्रो हुन सफल १४ खेलाडी, १ प्रशिक्षक र १ फिजियोसहित १५ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कार अनुसार जनही २५ हजार र सम्मान पत्र प्रदान गरी गरियो। खेलाडीहरुमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर (उपकप्तान), नेरी थापा, निरा राजोपाध्याय, करुणा भण्डारी, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सबनम राई, रोशनी बोहरा, सरस्वती चौधरी, रश्मी शर्मा, निर्मला शाही र ज्योति पाण्डे रहेका छन् । प्रशिक्षक राजु बस्न्यात र फिजियो मनु लु पनि सम्मानित भए ।

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री दलजीत विके श्रीपाली र खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले टोलीका सदस्यलाई सम्मान गर्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस्