प्रकृति र सावित्रीलाई धादिङ आइडलको उपाधि



धादिङमा भएको सौन्दर्य प्रतियोगितामा २० प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रकृति राना मगर पहिलो मिस धादिङ आइडल–२०१६ भएकी छिन्। प्रकृतिले बेस्ट हेयरको उपाधि पनि आफ्नो बनाएकी छिन्।

निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिँदै प्रकृतिले उपाधि जितेकी हुन्। प्रकृतिले मिस धादिङ आइडल–२०१६ को ताज जित्दा फस्ट रनर्सअपको ताज भने प्रमिला भट्टले आफ्नो शिरमा पारिन्। त्यस्तै इसु तामाङ सेकन्ड, कोपिला राना मगर थर्ड र आशा तामाङ फोर्थ रनर्सअप भए। एमाजोन इन्टरटेन्मेन्टले धादिङ जिल्लामै पहिलोपटक धादिङबेंसीमा आयोजना गरेको प्रतियोगितामा विजेता प्रकृति राना मगरलाई ताजसँगै १० हजार रुपियाँ नगद प्रदान गरिएको थियो।

त्यस्तै फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनर्सअप विजेताहरुलाई ताजसँगै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो। प्रतियोगितामा बेस्ट ट्यालेन्ट उपाधि आशा गुरुङ, बेस्ट क्याटवक बिना तामाङ, बेस्ट पर्सानालिटी पेमा तामाङ, बेस्ट फोटोजेनिक ममता गुरुङ, बेस्ट स्माइल मनिका गुरुङ, बेस्ट डिसिप्लेन दीपा थापा, मस्ट चार्मिङ विनीता गुरुङ, मस्ट पपुलर मोनिका थापा, मस्ट इनोसेन्ट करुणा मिजर, बेस्ट स्किन अन्जु थापा, मस्ट इन्टेलिजेन्ट इसु तामाङ, मस्ट स्मार्ट संगीता नेपाल, मस्ट एक्टिभ हसिना खान, मस्ट स्टाइलिस सपना गुरुङ, मस्ट पन्चुअल प्रदेश श्रेष्ठ, बेस्ट कम्प्लेक्सन प्रमिला भट्ट, मस्ट कन्फिडेन्ट कोपिला थापा मगर, मस्ट बब्ली राधा गुरुङ, मस्ट ब्युटिफुल जेबिना लाहानी, मस्ट एटाक्टिभ सुष्मा श्रेष्ठ र बेस्ट फ्रेन्डसिप मोनिका थापा भएका छन्।

त्यस्तै मिसेस धादिङ आइडल २०१६ को ताज सावित्री श्रेष्ठले चुमेकी छिन्। उनलाई पनि उपाधिसँगै १० हजार रुपियाँ प्रदान गरिएको छ। प्रतियोगितामा फस्ट रनर्सअप रत्ना बस्नेत, सेकेन्ड रनर्सअप कल्पना गुरुङ, थर्ड रनर्सअप भगवती गुरुङ र फोर्थ रनर्सअप सानु तमाङ भएका छन्। विवाहित महिलाहरुको यो प्रतियोगितामा बेस्ट ट्यालेन्ट मर्खा तामाङ, बेस्ट फोटोजेनिक दीपा थापा, बेस्ट क्याटवक सुजता अधिकारी, बेस्ट पर्सनालिटी कल्पना गुरुङ, बेस्ट डिसिप्लेन हरिकला गुरुङ, मस्ट चार्मिङ सविना गुरुङ, मेस्ट पपुलर रत्ना बस्नेत, मस्ट इन्टेलिजेन्ट सानु तामाङ, बेस्ट स्किन प्रमिला गुरुङ, बेस्ट हेयर सावित्री श्रेष्ठ, मस्ट एक्टिभ राधिका गंगाल, बेस्ट स्माइल भगवती गुरुङ र बेस्ट कम्प्लेक्सन अन्जु भुजेल भएका छन्।

प्रतियोगितामा कोरियोग्राफर कला सुब्बा, अभिनेतृ सञ्चिता लुइँटेल, मिसेस मंगोल २०१६ की विजेता सोनम राई, अभिनेता राज कटुवाल र दिव्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक दीपक कोइराला निर्णायक मण्डलमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्