अभिनेतृ गिरी शब्दयात्राबाट सम्मानित



शब्दयात्रा प्रकाशनले २०७३ सालको शब्दयात्रा महिला प्रतिभा सम्मानबाट फिल्म अभिनेतृ लक्ष्मी गिरीलाई सम्मान गरेको छ।

नेपाल चलचित्र कलाकार सङ्घको सभाकक्षमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार हिरण्य भोजपुरेले अभिनन्दनपत्र र गायिका उर्मिला श्रेष्ठले किरिट लगाइदिएर उनलाई सम्मान गरेका हुन्। सम्मानका क्रममा द्रोणप्रसाद श्रेष्ठले नगद ५ हजार रुपियाँ, हरि मञ्जुश्रीले माला तथा पत्रकारद्वय रामचन्द्र हुमागाईं र हरिगोपाल प्रधान तथा लेखकद्वय सकुल थापा शारदाप्रसाद शर्माले उनलाई उपहार प्रदान गरेका थिए।

मञ्जुश्रीले शब्दयात्रा प्रकाशन र सम्मानित अभिनेतृ गिरीका बारेमा प्रकाश पारेको कार्यक्रममा सम्मानित व्यक्तित्व गिरीले नेपाल सरकारले कला क्षेत्रमा दृष्टि पुर्याउन नसकेको अवस्थामा पनि शब्दयात्रा प्रकाशनले आफूलाई गरेको यो सम्मानले समग्र कलाकारिता क्षेत्रलाई सम्मान गरेको महसुस भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्