हवाई भाडा घट्यो



काठमाडौं, (नेस) नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल वायु सेवा सञ्चालक संघले पनि आन्तरिकतर्फको हवाई भाडा समायोजन गरेको छ।

संघका अनुसार बुधबारदेखि लागू हुने गरी न्यूनतम ९० रुपियाँदेखि अधिकतम ३ सय १० रुपियाँसम्म भाडा घटाएको छ। संघले काठमाडौं–सिमराको भाडा प्रतिटिकट ९० रुपियाँ मूल्य घटाएको छ भने काठमाडौं–धनगढीको भाडा प्रतिटिकट ३ सय १० रुपियाँ घटाएको हो।

त्यस्तै, माउन्टेन फ्लाइटमा भाडा प्रतिटिकट ३ सय रुपियाँ मूल्य घटाएको छ। नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपियाँले घटाएको थियो। नयाँ मूल्यअनुसार प्रतिलिटर हवाई इन्धन (आन्तरिकतर्फ) ८६ रुपियाँ भएको छ।

प्रतिक्रिया दिनुहोस्