संगीतमा सहकारी



सहकारी गीति अडियो एल्बम एकका लागि सबै, सबैका लागि एक सार्वजनिक गरिएको छ। शिखर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाले बजारमा ल्याएको एल्बम राजधानीमा आयोजित समारोहबीच सार्वजनिक गरिएको हो।

एल्बम सहकारी विभागका उपरजिस्टार नारायण ज्ञवाली र गायक प्रमोद खरेलबाट संयुक्तरूपमा विमोचन गरिएको हो। एल्बममा सहकारीसम्बन्धी ६ गीत छन्। विमोचन कार्यक्रममा बोल्दै सहकारी विभागका उपरजिस्टार नारायण ज्ञवालीले समुदायमा सहकारी जागरण, सचेतना र सहकारी चिनाउने सन्दर्भमा गीत–संगीतले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै गायक प्रमोद खरेलले गीतले सहकारी क्षेत्रमा विशेष भूमिका खेल्ने चर्चा गर्दै सहकारी क्षेत्रलाई समृद्धशाली बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यसै गरी शिखर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र रावलले सहकारी क्षेत्रमा जागरण फैलाउन यस्ता गीत–संगीत आवश्यक हुने बताए।

एल्बममा एकका लागि सबै, थोपा–थोपा मिलेर, पक्कै नेपाल बन्दै छ, गाउँ–गाउँमा सहकारी, मेची–काली सबैतिर र अनेकतामा एकता बोलका गीत छन्। प्रमोद खरेल, हेमन्त शर्मा, चेतन चुडाल र तिलक बम मल्लको स्वर रहेको गीतको शब्द दीपेन्द्र रावल, हिमालय प्रसाईं र योगेन्द्र पौडेलको रहेको छ।

प्रतिक्रिया दिनुहोस्