केकी हाँस्दा फूल लठ्ठै



गायक भूषण खतिवडाको स्वरमा हाँसी हाँसी बोलको गीति भिडियो सार्वजनिक गरिएको छ। शीतल कादम्बिनीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत भरेका छन्।

विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा नायिका केकी अधिकारी र मोडल पुष्पल खड्काले अभिनय गरेका छन्। रोमान्टिक कथामा तयार पारिएको भिडियोमा केकीले हाँस्दा पुष्प लठ्ठै भएको देखाइएको छ। भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्