इटालियन प्रमद्वारा द्मद्मराजीनामा घोषणा



रोम, (एजेन्सी)

इटालियन प्रधानमन्त्री माटियो रेन्जीले आइतबार जनमत संग्रहमा हार खाएपछि त्यहाँको आर्थिक तथा राजनीतिक स्थिति अस्थिर अवस्थामा पुगेको छ। मतदाताहरूले आफ्नो संविधान सुधार योजना अस्वीकार गरेपछि रेन्जीले पदबाट हट्ने घोषणा गरेका छन्।

उनले राष्ट्रपति सर्गियो म्यात्तारेल्लालाई भेटेर राजीनामा पत्र पेस गर्ने बताइएको छ। म्यात्तेरेल्लाले नयाँ प्रधानमन्त्री नियुक्ति वा नयाँ चुनाव गराउनेबारे निर्णय गर्नेछन्। यस राजनीतिक शून्यताको कारण यसअघि नै निकै नाजुक अवस्थामा पुगिसकेको बैंकिङ क्षेत्र प्रभावित हुन सक्ने देखिएको छ। करिब करिब सम्पूर्ण मतगणना सकिसक्दा संविधान संशोधनको विपक्षमा ६० र पक्षमा ४० प्रतिशत मत खसेको बताइएको छ। सो मतदानमा कुल ७० प्रतिशत मत खसेको थियो।

रेन्जीले केन्द्रीय सरकारलाई शक्तिशाली बनाई संसद्को माथिल्लो सभा सिनेटलाई कमजोर बनाउन चाहेका थिए। आफ्नै पार्टीका केही सदस्यलगायत उनको विपक्षीहरूले उक्त संविधान संशोधनले प्रधानमन्त्रीलाई आवश्यकभन्दा बढी शक्तिशाली बनाउने गुनासो गरेका थिए। हजारौं आप्रवासी अफ्रिकाबाट इटाली छिरेको र आर्थिक स्थिति डामाडोल भएको कारण केही वर्षयता रेन्जीको लोकप्रियता घट्दै गइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्