कोपा सुडामेरिकानाको च्याम्पियन चापेकोइन्से



लन्डन, (एजेन्सी)

दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबलद्वारा ब्राजिलियन क्लब चापेकोइन्सेलाई कोपा सुडामेरिकानाको उपाधि मंगलबार प्रदान गरिएको छ।

कोलम्बियाको एटलेटिकोसँग खेल्नुपर्ने फाइनलको पहिलो लेग खेल सो विमान दुर्घटनापछि आयोजना गर्न नसकिने भएपछि चापेकोइन्सेलाई उपाधि प्रदान गर्ने निर्णय गरेको थियो। विपक्षी टोली एटलेटिको नेसनलले नै चापेकोइन्सेलाई उपाधि दिन आग्रह गरेको थियो। एटलेटिकोलाई यसबापत फेयर प्लेको पुरस्कार प्रदान गरिएको थियो। सुडामेरिकानाको उपाधि पाएपछि क्लबले आगामी वर्ष हुने कोपा लिबरेटार्डोस खेल्न पाउने छ। यो प्रतियोगिता युरोपमा खेलाइने च्याम्पियन्स लिगजस्तै हो।

चापेकोइन्सेले पहिलो पुरस्कार रकम २० लाख डलर र एटलेटिकोले १० लाख डलर प्राप्त गर्नेछ। विजेता घोषित टोलीका उपाध्यक्ष इभान टोजोले यस निर्णयको स्वागत गर्दै यसलाई विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडीहरूप्रति राम्रो सम्झना भएको बताएका छन्।

यस प्रतियोगिताको फाइनल खेल्न गइरहेको टोलीको विमान गत सोमबार दुर्घटनाग्रस्त भएको थियो। सो विभत्स घटनामा परेर १९ जना खेलाडीमध्ये तीन जना खेलाडी बा“च्न सफल भएका थिए। बा“की सबैको मृत्यु भएको थियो।

दुर्घटनाको कारणबारे अझै छानविन भइरहेको छ। गएको शनिबार ज्यान गुमाएका खेलाडीहरूको चापेको शहरमा अन्तिम संस्कार गरिएको थियो। दुर्घटना हुनुको कारण इन्धन खाली भएको कारण दर्शाएको छ।
विश्वभरबाट सहयोग र श्रद्धाञ्जलीयसबीच विश्वभरका क्लबहरूले ज्यान गुमाएका खेलाडीहरू श्रद्धाञ्जली व्यक्त गरेका छन्। यही साता हुने युएफा च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरूमा एक मिनेट मौन धारण गरिने जनाइएको छ।

ब्राजिलका ठूला क्लबहरू चापेकोइन्सेलाई विना शुल्क खेलाडीहरू उपलब्ध गराउने प्रस्ताव ओइरहेको छ। त्यस्तै क्लबलाई कम्तिमा तीन सिजन रेलिगेसनमा नपार्न आग्रहसमेत गरिएको छ। यता, ब्राजिल तथा बार्सिलोनाका पूर्वखेलाडी रोनाल्डिन्हो तथा पूर्वअर्र्जेिन्टनी खेलाडी हुवान रोमन रिकेल्मीले क्लबका लागि खेल्न प्रस्ताव राखेका छन्। बार्सिलोनाकै अर्का पूर्वखेलाडी इडुर गुडयोन्सनले पनि क्लबका लागि खेल्न तयार रहेको बताएका छन्।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूलाई सहयोग गर्नका लागि ब्राजिल र कोलम्बियाबीच जनवरीको अन्त्यमा मैत्रीपूर्ण खेल खेलाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्