१२औं मिस नेवाः खोजिँदै



नेप्लिज फेसन होमले नेवार सुन्दरीहरुबीचको सौन्दर्य प्रतियोगिता मिस नेवाः को १२औं संस्करण गर्ने भएको छ। होमले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी मिस नेवाः ११३७ गर्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा सो प्रतियोगिताका सल्लाहकार एवं प्राइम बैंकका उप–महाप्रबन्ध भाइराजा तुलाधरले नेवार समुदायले गर्नुपर्ने मिस नेवाः गरेर नेवार संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे भने हालकी मिस नेवाः एन्जल श्रेष्ठले आफू नेवार परिवारकी छोरी भएर पनि मिसः नेवामा भाग लिएपछि मात्र नेवारी संस्कृतिबारे जान्ने बुझ्ने अवसर पाएको बताइन्। होमकी अध्यक्ष हेमा मानन्धरले नेवार संस्कृति आफैंमा धनी भए पनि यसलाई बचाएर अघि बढाउन युवा पुस्तालाई आकर्षित गरेको बताइन्।
‘मिस नेवाः सौन्दर्य सांस्कृतिक प्रवद्र्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको प्रतियोगिता हो। प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समूहका अविवाहित युवतीले सहभागिता जनाउन पाउनेछन्’, मानन्धरले जानकारी गराइन्– ‘यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनुपर्दछ।’ प्रतियोगिताको पहिलो चरणको अडिसन आगामि पुस २ गते हुनेछ। यो प्रतियोगितामा बढीमा ४२ जनासम्म प्रतियोगीलाई सहभागी गराइने मानन्धले जानकारी गराइन्। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्य र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्