शेयर लगानीकर्ताको सम्पत्ति ११ अर्बले बढ्यो



काठमाडौं, (नेस)

मंगलबार नेप्से ९ दशमलव ९१ अंकले बढेर १५५४ दशमलव ५१ अंकमा पुगेको छ। कारोबारमा आएका जलविद्युत् समूह बाहेक सबै समूह माथि उक्लिएका छन्। कुल १३६ कम्पनीको ७७ करोड १८ लाख रुपियाँ बराबरको ९ लाख ४० हजार कित्ता शेयर किनबेच मंगलबारको कारोबार अघिल्लो दिनको तुलनामा १३ करोड रुपियाँले बढेको हो।

लगातार दुई दिन लगानीकर्ताले गुमाए पनि यस दिन लगानीकर्ताको सम्पत्ति ११ अर्ब रुपियाँले बढेको छ। मंगलबार समग्र बजार पुँजीकरण १७ खर्ब १८ अर्ब रुपियाँबाट वृद्धि भई १७ खर्ब २९ अर्ब रुपियाँ पुगेको छ। यस दिन बैंकिङ समूह ६ दशमलव ४४ अंक, होटल समूह ५२ अंक, विकास बैंक समूह २ अंक, फाइनान्स समूह ५ अंक, बीमा समूह १७८ अंकले बढेको छ। मंगलबार पनि अरुण फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो कमपनीको केही दिनदेखि लगातार शेयर मूल्य बढेको छ। त्यसबाहेक मेरो माइक्रो फाइनान्स, सिर्जना फाइनान्सकाका लगानीकर्ताले यस दिन उच्च अंकले कमाएका छन्। तर, कर्णाली डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगाएका कम्पनीका लगानीकर्ता भने गुमाएका छन्।

मंगलबार सिद्धार्थ बैंकतर्फ लगानीकर्ताको बढी आकर्षित भएका छन्। यस दिन सिद्धार्थ बैंकको ८ करोड ७१ लाख रुपियाँ बराबरको कारोबार भएको छ। त्यस्तै शिखर इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स, स्ट्यान्डर्ड चाटर्ड बैंकको पाँच करोड तथा एभरेष्ट बैंक र लाइफ इन्स्योरेन्स कम्पनीको चार करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्