ज्ञानोदयलाई फुटबल उपाधि



काठमाडौं, (नेस)

आयोजक ज्ञानोदय आवासीय स्कुल २२औं ज्ञान कार्निभलअन्र्तगतको फुटबलमा उपाधि हात पार्न सफल भएको छ। आयोजकले खेलको ३५औं मिनटमा विक्की गुरुङको एक मात्र गोलमा शुभतारा स्कुललाई पन्छाउ“दै उपाधि हात पारेको हो। ज्ञानोदयका संगम प्रजापती उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको थियो।

त्यस्तै आयोजककै प्राङ्गणमा भएको ब्वाइज बास्केटबलमा पुष्पसदनले इनोभेटिभलाई ८६–६५ अंकले पराजित ग¥यो। पहिलो क्वाटरमा १६–२० अंकले पछाडि परेको पुष्पसदनले आफूलाई सम्हाल्दै दोस्रो क्वाटरमा २६–१२, तेस्रोमा १८–१६ र अन्तिममा २६–१७ ले इनोभेटिभलाई पछि पारेको हो। विजेताका लागि अभिषेक सिंहले २५ अंक जोडे। उनी उत्कृष्ट खेलाडी घोषित भए। यस्तै गल्र्सतर्फ खेलमा पनि इनोभेटिभ पछाडि प¥यो।

फाइनलमा इनोभेटिभलाई मल्पीले ६–४, १०–६, १०–९ र १०–२ गरी कूल ३६–२१ अंकले पछाडि पा¥यो। मल्पीकी रक्षा बस्नेतले टिमका लागि ७ अंक जोडिन्। प्रतियोगितामा मल्पीकी इरिशा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन्। विजयी टिम तथा खेलाडीहरूलाई ज्ञानोदय आवासीय स्कुलकी संस्थापक प्रिन्सिपल इन्दिरा याकथुम्बाले पुरस्कार वितरण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्