फेरिँदै नेपाली समाज



सुरेश तामाङ, काठमाडौं
विज्ञान प्रविधिको तीव्र विकासले आधुनिक विश्वलाई कृत्रिमतातर्फ डोर्याउन थालेको छ। यसमा नेपाल मात्रै अछुतो रहने कुरै भएन। विभिन्न प्रविधिमध्ये एक खालको प्रविधिले मानिसको भौतिक आवश्यकता मात्रै होइन भावनात्मक र संवेगात्मक आनन्द लिन सक्ने अवस्थासमेत सिर्जना भएको छ। त्यसमा यौन चाहना पूरा गर्ने साधनमा खेलौना पर्दछन्। पुरुष र महिलाले आफूले इच्छाएअनुसार यौन आवश्यकता पूरा गर्न यस खाले कृत्रिम यौन खेलौनाको प्रयोग गर्न सकिने यौन तथा प्रजननविज्ञहरू सुझाउँछन्।

नेपालजस्ता विश्वमा धेरै मुलुकहरू यस्ता पनि छन् जहाँ यौनलाई गोप्य राख्ने गरिन्छ। जसका कारण यौनजन्य हिंसाले अपराधलाई प्रश्रयसमेत दिइरहेको छ। यसले समाजलाई कहालीलाग्दो अवस्थासमेत सिर्जना गराएको छ। यौनकै कारण परिवार छिन्नभिन्न छन्। लालाबाला टुहुरा छन्। यस्ता गतिविधिलाई केही हदसम्म नियन्त्रण गर्न यौन खेलौना वरदान सावित हुने जानकारहरूको बुझाइ छ।

यौनमा गोपनीयता अपनाउँदाअपनाउँदै पनि पछिल्लो समयमा नेपाली समाज केही फेरिएको छ। त्यसकारण नेपाली बजारमा पनि कृत्रिम यौन खेलौनाहरूको बजार निकै नै खुलेका छन् र प्रयोगकर्ता पनि निकै बढेका छन्। काठमाडौंमा रहेको लिभ एन्ड लस्टका सञ्चालकमध्येका एक सुरज भट्टराईले यौन खेलौनाको माग र बिक्रीवितरण निकै नै बढिरहेको बताए।

लभ एन्ड लस्ट तथा नेपाल कण्डम हाउसलगायतले नेपालभर ग्राहक माझ यौन खेलौना बिक्री गर्दै आइरहेका छन्। उपत्यकामा चाबहिल, नयाँ बसपार्क र सुन्धारामा पसल छन् भने उपत्यकाबाहिर चितवन, बिर्तामोड, इटहरी, दाङ र दमकमा पसल विस्तार गरेर यस्ता यौन खेलौना बिक्री भइरहेका छन्।

दिनमा औसत तीनदेखि सातवटासम्म यस्ता खेलौना बिक्री हुने गरेका छन्। व्यावसायीहरूका अनुसार ग्राहकले अनलाइन वा फोनमार्फत धेरै अर्डर गर्दछन्। सोहीअुनसार उपत्यकाका लागि पार्सल र कुरियर गरी होम डेलिभरी गरिन्छ। यो संवाददाता राजधानीको एउटा पसलमा आधा घण्टा बस्दा त्यस्ता सामग्रीको सोधखोज गर्दै १५ वटा फोन आएको पाइयो। यसरी फोन गरेर अर्डर गर्ने अधिकांश उपत्यका बाहिरका र त्यसमध्ये बढी महिलाले गरेको व्यापारी विवेक न्यौपानेले सुनाए।

विश्व बजारमा पाइने विभिन्न थरीका कृत्रिम यौनांगहरू यहाँ पनि उपलब्ध छन्। पुरुषले प्रयोग गर्ने करिब १ सय ५० थरीका सेक्स टोय उपलब्ध भएको बताइएको छ। सिंगल भेजिनादेखि फुल बडीका डलसम्म उपलब्ध रहेको व्यावसायीहरूको भनाइ रहेको छ।

लिंग र भेजिना संयुक्त रूपमा भएको टोय पनि बेच्ने गरिएको पाइएको छ। टू इन वान् यस्ता टोय श्रीमान् वा श्रीमतीले प्रयोग गर्न सक्छन्। ब्याट्रीबाट भाइब्रेट गराएर ती कृतिम अंगले सम्बद्धहरूलाई चाहेको अनुभूति गराउने बताइएको छ। विभिन्न आवाज निकाल्ने सेक्स टोयसँगको यौन सम्पर्कले बेग्लै आनन्द दिने दाबी व्यवसायी सुभाष भट्टराईको छ। आफ्नो सुविधाअनुसार सानो आकारको महिलाको यौनाङ्गदेखि मानिसको उचाइ बाराबरको यौन खेलौना नेपाली बजारमा बिक्री भइरहेको पाइएको छ।
कम्तीमा ५ हजार ५ सयदेखि ६० हजार रूपैयाँसम्मका खेलौना यहाँ उपलब्ध छन्। बजारमा उपलब्ध खेलौनामा स्तन, योनीलगायत नितम्ब भएका पनि छन्। एकल यौनको आनन्द लिनेका लागि नितम्बमात्र भएको डल पनि बजारमा उपलब्ध छ। डललाई पम्प गरेपछि मुखमैथुनको आनन्द दिनेदेखि हस्तमैथुन गरेको आनन्द उपलब्ध हुनेसम्मका कृत्रिम साधन बजारमा बेच्न राखिएको छ। भाइब्रेट हुने कृत्रिम जिब्रो पनि यहाँको स्टोरमा राखिएको छ। जसले महिलाको यौनांगमा भाइब्रेट गरेर चलाउँदा चरम आनन्द प्राप्त हुने सम्बद्ध विज्ञहरूले बताएका छन्।

महिलाका लागि पाँचदेखि १२ इञ्च लम्बाइका लिंग बजारमा बिक्रीमा राखिएको छ। नियमित यौनबाट दिक्क भएका महिला तथा पार्टनर नभएका महिलाका लागि यस्ता लिंग यौन आनन्द लिन भरपर्दा माध्यम हुने कन्डम हाउसका सञ्चालक विवेक न्यौपाने बताउँछन्। ‘हार्नेस अर्थात् पेटीसमेत भएको लिंग एक महिलाले बाँधेर अर्को महिलालाई यौन सम्पर्क गर्ने प्रयोजनका लागि विकास गरिएको हो उनी भन्छन् ‘लेस्बियन अर्थात् महिला⁄महिलाबीचको यौन सम्बन्धका लागि यो साधन उपयोगी छ।

हिजो आज युवायुवतीले विशेष अवसरमा गिफ्टका रूपमा यस्ता खेलौना दिने चलन पनि चलाएका छन। युवाहरू पसलमै पुगेर सेक्स टोय किन्छन् भने युवतीहरू भने फोन गरेर पसलेहरूलाई पार्सल पठाउन लगाउने गरेको पाइएको छ।

विद्यार्थीदेखि डाक्टर, इन्जिनियर, बैंकरजस्ता प्रोफेसनलसमेतले सेक्स टोयको प्रयोग गरिरहेको बिक्रेताहरू बताउँछन्। पहिले ब्याट्री हालेर चलाउनुपर्ने सेक्स टोय पाइन्थे। अहिले चार्जेबल, मुभ हुने र हावा हालेर फुलाउन मिल्ने थरीथरीका खेलौना पाइन थालेका छन्। यौन खेलौनाको प्रयोगले स्वास्थ्यमा खासै असर नपर्ने चिकित्सकहरू बताउँछन्। रोवर्ट प्रयोग गरिएको खेलौना प्रयोग नगर्न उनीहरूको सुझाब छ। भन्छन्– ‘सफा राख्नुपर्छ र अरूलाई प्रयोग गर्न दिनुहुँदैन।

केही वर्षयता मात्र नेपालको बजारमा उपलब्ध हुन थालेका सेक्स टोय मान्छेसँग गरिने यौन सम्पर्कको गतिलो विकल्प बनिरहेका छन्। ग्राहक अधबैँसे र विवाहित बढी छन्। त्यसमा पनि महिलाहरू बढी छन्। श्रीमान् विदेश गएकाहरूले खेलौना प्रयोग गर्ने क्रम बढेको बिक्रेताहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्